‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’ « Khabarhub

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका विभिन्न पक्षलाई समेटेको बताएकी छन् ।
 
नेकपा (एमाले) जिल्ला कमिटी दोलखाद्वारा आज काठमाडौंमा आयोजित पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पुस्तकमा आनन्दप्रसाद पोखरेलको राजनीतिक यात्रा, वैचारिक दृष्टिकोण, सङ्घर्ष र नेतृत्वदायी भूमिकाका विभिन्न पक्षलाई समेटिएको उल्लेख गरे । पुस्तकले उनको राजनीतिक जीवन र योगदानलाई बुझ्न महत्त्वपूर्ण सामग्री प्रदान गर्ने विश्वास व्यक्त गरिन् । 

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको विचार, अनुभव र सङ्घर्षलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्नु महत्त्वपूर्ण कार्य भएको बताइन् । 

पुस्तकले राजनीतिक तथा सामाजिक क्षेत्रमा पोखरेलले पुर्‍याएको योगदान, उनका विचार र नेतृत्वका अनुभवलाई भावी पुस्तासम्म पुर्‍याउन सहयोग गर्ने उनको भनाइ थियो ।

पुस्तकका लेखक आनन्दप्रसाद पोखरेलले जीवनमा आफूले भोगेका दुःख, कष्ट, राजनीतिक अनुभवका विषयका आधारमा पुस्तकमा उल्लेख गरिएको जानकारी दिए । 

लोकार्पण समारोहमा एमाले उपमहासचिव योगेश भट्टराई, पार्वत गुरुङ, आनन्द पोखरेल, झलक सुवेदी लगायत लेखक,  साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ७ : ४९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको