राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका सिक्का बिक्री गरिँदै « Khabarhub

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका सिक्का बिक्री गरिँदै


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले तिहारलाई लक्षित गर्दै यही बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ । 

राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर यही बिहीबार र शुक्रबार बैंकको टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री वितरण गर्न लागेको जनाएको हो । 

राष्ट्र बैंकले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फीे एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अङ्कित) एक÷एक थानका दरले बढीमा दुई थान प्राप्त गर्न सकिने जनाएको छ । सेवाग्रहीले राष्ट्र बैंकको टक्सार शाखाबाट बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म असर्फी र मेडालियन लिन सक्नेछन् ।

राष्ट्र बैंकले असर्फी तथा मेडालियन खरिदका लागि नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्ने जनाएको छ ।

असर्फी तथा मेडालियन खरिदको लागि नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । राष्ट्र बैंकले असर्फी तथा मेडालियनको मूल्य दैनिक रूपमा बिहानको करिब ११ बजेपछि निर्धारण हुने भएकाले मूल्य निर्धारणपश्चात् मात्र बिक्री हुने सूचनामार्फत जनाएको छ ।
 

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  १२ : ३९ बजे

नेपाल प्रहरीको आईजीपीमा डा. मनोजकुमार केसी नियुक्त

काठमाडौँ – सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा डा.

दिल्लीमा वायु प्रदूषण डब्लुएचओको सीमाभन्दा ३० गुणा बढी

नयाँदिल्ली-  भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

एजेन्सी– चीनका विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागरको विवादमा सतर्क

समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ– सात वटा समस्याग्रस्त सहकारीले  १२२ जनाको बचतकर्ताको बचत रकम

आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी खोसियो

काठमाडौँ – सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट