नेपाल संवत् ११४७ मनाउन १०७ सदस्यीय मूल समारोह समिति गठन « Khabarhub

नेपाल संवत् ११४७ मनाउन १०७ सदस्यीय मूल समारोह समिति गठन


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल संवत्को नयाँ वर्ष ११४७ भव्यताका साथ मनाउन नेवार समुदायका अगुवा सुगतरत्न कंसाकारको अध्यक्षतामा १०७ सदस्यीय राष्ट्रिय मूल समारोह समिति गठन गरिएको छ ।

मूल समारोह समिति मातहत २५ सदस्यीय व्यवस्थापन समिति र २० वटा उपसमिति  गठन गरिएको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिद्वारा जारी प्रेस विज्ञप्ति जनाइएको छ ।

उक्त विज्ञप्तिमा यही कात्तिक २४ गते मंगलबार बिहान ६.३० बजे वसन्तपुरबाट सुरु हुने भिंतुना सांस्कृतिक र्‍याली नगर परिक्रमापछि वसन्तपुरमा पुगेर सभामा परिणत हुने उल्लेख छ। 

नेपाल संवत्को प्रभावकारी कार्यान्वयनका लागि सरकारी कामकाजमा कार्यान्वयनको कानुनी व्यवस्था, अधिकारसम्पन्न अनुसन्धान प्रतिष्ठान, नेपाली नोट र सिक्कामा नेपाल संवत्को उल्लेख, शङ्खधर दिवसलाई राष्ट्रिय मान्यता, नेपाल संवत् प्रवर्द्धनका लागि नियमित बजेटको व्यवस्था गर्न समिति निरन्तर लागि परेको उल्लेख छ । 

सरकार र नेपाल संवत् आन्दोलनका प्रतिनिधि सम्मिलित अनुगमन संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई ध्यानाकर्षण विषय पनि उक्त विज्ञप्तिमा समावेश छ ।     

समितिले सातै प्रदेश सरकार, स्थानीय तह र राजनीतिक दलहरूलाई नेपाल संवत्को कार्यान्वयन र प्रवर्द्धनसम्बन्धी नीति बनाउन आग्रह गरेको छ । त्यस्तै बागमती प्रदेश सरकारलाई ऐनमा व्यवस्था भएबमोजिम नेपाल संवत् प्रयोग गर्न पनि आग्रह गरिएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल संवत् कुनै एक समुदायको मात्र सम्पदा नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय गौरव हो । नेपाल संवत् नेपालको इतिहास, राष्ट्रिय पहिचान, सांस्कृतिक स्वाभिमान र सामाजिक सद्भावले ओतप्रोत मौलिक राष्ट्रिय सम्पदा हो ।’

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले स्थापित गरेको उक्त संवत्लाई राष्ट्रिय मान्यता दिलाउन जनस्तरबाट निरन्तर आवाज उठेपछि नेपाल सरकारले त्यसलाई केही वर्षअघि मान्यता प्रदान गरेको थियो ।

यसैबीच, न्हूदँ राष्ट्रिय समितिले नेपाल संवत् ११४७ का अवसरमा शुभकामना व्यक्त गर्दै उक्त संवत्को प्रचार, अध्ययन, प्रयोग र प्रवर्द्धनलाई जनस्तरसम्म पु–याउने अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
 

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ४ : ०६ बजे

मध्यावधिमा डेमोक्र्याटको ऐतिहासिक जितसँगै अमेरिकी राजनीति नयाँ मोडमा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बाँकी कार्यकालको राजनीतिक दिशा तय

‘प्रदेश सरकारले सार्वजनिक-निजी साझेदारी मोडलमार्फत विकासका आयोजना अघि बढाउने’

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले सार्वजनिक–निजी

आईजीपी फेरेपछि लिङ्देनको आरोप : जनमतको आडमा सर्वसत्तावादको खतरा देखियो

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित

प्रदेश र स्थानीय तहबाटै अनलाइन स्वास्थ्य बिमा आबद्धता र नवीकरण गर्न सकिने

काठमाडौँ – स्वास्थ्य बिमा बोर्डले प्रदेश सरकार र स्थानीय तहबाटै

जयराम-हलेसी सडक : कालोपत्र उप्किएको १६ वर्षपछि मर्मत 

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्र उप्किएर जीर्ण बनेको