आईजीपी फेरेपछि लिङ्देनको आरोप : जनमतको आडमा सर्वसत्तावादको खतरा देखियो « Khabarhub

आईजीपी फेरेपछि लिङ्देनको आरोप : जनमतको आडमा सर्वसत्तावादको खतरा देखियो


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखा परेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले आईजीपी हटाउनेदेखि विभिन्न निकायका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुन्ने जस्ता घटनाले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखा परेको बताएका हुन् ।

उनले विधि, नियम र आदेशभन्दा पनि लहडको भरमा मुलुक चल्दै जाँदा गम्भीर सर्वसत्तावादको सिकार हुने जोखिम बढेको बताएका हुन् ।

उनले आगामी समयको नेतृत्वका लागि राप्रपा तयार हुनुपर्ने भएकाले राप्रपाका कार्यकर्ताहरूले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे  । उनले देशलाई दुर्घटनाबाट जोगाउन राप्रपा रहन, बलियो हुन र जित्न जरुरी रहेको बताए । 

उनले व्यक्तिगत र सत्ता स्वार्थबाट पार्टीलाई मुक्त गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ५ : ४४ बजे

दर्ज्यानी चिह्न ग्रहणपछि आईजीपी केसीले गरे सरकारी गाडीको पूजा

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसी दर्ज्यानी चिह्न

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौँ – पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान

रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६ प्रतिशत

काठमाडौँ – रक्षा मन्त्रालय र नेपाली सेनाअन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४

सरकारलाई कांग्रेसको चेतावनी : पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार