गृहमन्त्रीको निर्देशन- अपराध नियन्त्रणमा सक्रिय हुनू, आईजीपीको प्रतिबद्धता : ‘सुरक्षा र निष्पक्षतामा सम्झौता गर्दिनँ’ « Khabarhub

गृहमन्त्रीको निर्देशन- अपराध नियन्त्रणमा सक्रिय हुनू, आईजीपीको प्रतिबद्धता : ‘सुरक्षा र निष्पक्षतामा सम्झौता गर्दिनँ’


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 

बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

बुधबार नै बसेको मन्त्रिपरिषद् बैठकले दान बहादुर कार्कीलाई पदमुक्त गर्दै केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहमन्त्री सुधन गुरुङले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए । 

उनले प्रहरी संगठनले नागरिकसँग कसरी नजिक हुनुपर्छ र नागरिकप्रति कसरी सम्मानित व्यवहार गर्नुपर्छ भन्ने कुरामा विशेष ध्यान दिन सुझाव दिए । 

उनले डिजिटल रूपान्तरण, साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डिप फेक, संगठित अपराध, र लागुऔषध बेचबिखन जस्ता नयाँ चुनौतीहरूप्रति सचेत रहनुपर्ने उल्लेख गरे । 

फिल्डमा खटिने सबै प्रहरीको मनोबल उच्च राख्ने गरी काम गर्न पनि उनले निर्देशन दिए । 

त्यस्तै दर्ज्यानी चिन्ह ग्रहण गर्दै नवनियुक्त महानिरिक्षक केसीले संविधान र कानुनप्रति अविचलित रहँदै नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरी राख्दै संगठनको मर्यादा र निष्पक्षतामा कुनै सम्झौता नगर्ने धारणा राखे । 

उनले आधारभूत तह लगायत सम्पूर्ण प्रहरी कर्मचारीहरूको गुनासो सुन्ने संयन्त्र तत्काल सुरु गर्ने बताए । 

साथै सरकारसँग आवश्यक स्रोत साधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तता, राजनीतिक दलहरूसँग प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्नका लागि सहयोगको आग्रह गरे । 

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ६ : ४१ बजे

‘कोप-३१ मा नेपालको अर्थपूर्ण सहभागिता अपरिहार्य’

प्रधानमन्त्रीले कोप-३१ सम्मेलनमा सहभागिता नजनाउने हुनुभएको छ । सामान्यतया राष्ट्रसंघीय

खरिद प्रक्रियाबारेका समाचार भ्रमपूर्ण : नेपाल टेलिकम 

कााठमाडौँ– नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा

दर्ज्यानी चिह्न ग्रहणपछि आईजीपी केसीले गरे सरकारी गाडीको पूजा

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसी दर्ज्यानी चिह्न

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौँ – पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान