अब अमेरिकी तेल कम्पनीले भेनेजुएलामा लगानी गर्न पाउनेछन् : ट्रम्प « Khabarhub

अब अमेरिकी तेल कम्पनीले भेनेजुएलामा लगानी गर्न पाउनेछन् : ट्रम्प


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताएका छन् । यो घोषणा अमेरिकी सैन्य कारबाहीपछि आएको हो, जसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर न्यूयोर्क सहर लगिएको थियो ।

अमेरिकी सेनाले शनिबार बिहान काराकासमा हवाई आक्रमण सञ्चालन गरेको थियो । मादुरो दम्पतीलाई नियन्त्रणमा लिएर उनीहरूमाथि लागूऔषध तस्करी र हतियारसम्बन्धी मुद्दा चलाइएको छ ।

ट्रम्पले पत्रकार सम्मेलनमा भने, “विश्वकै ठूलो अमेरिकी तेल कम्पनीहरूले अरबौं डलर लगानी गरी तेल पूर्वाधार सुधार गर्नेछन् र यसबाट देशका लागि आम्दानी सिर्जना हुनेछ ।”

उनले थपे, “भेनेजुएलाको तेलमाथि लागू गरिएको प्रतिबन्ध पूर्ण रूपमा कायम रहनेछ ।” संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा सन् २०१७ मा आर्थिक प्रतिबन्ध र २०१९ मा तेलमाथि प्रतिबन्ध लगाएको थियो । भेनेजुएला दैनिक १० लाख भन्दा कम ब्यारेल तेल उत्पादन गर्छ र यसको अधिकांश कालो बजारमा छूटमा बिक्री हुन्छ ।

ट्रम्पको भनाइ अनुसार, भेनेजुएलाले तेल आम्दानी ‘ड्रग आतङ्कवाद, मानव तस्करी, हत्या र अपहरण’मा खर्च गर्दैछ । उनको दोस्रो कार्यकालको सुरुवातमा २०२५ मा बहुराष्ट्रिय तेल कम्पनीहरूले भेनेजुएलामा सञ्चालन गर्ने अनुमति दिने लाइसेन्स समाप्त गरिएको थियो । यस क्रममा अमेरिकी कम्पनी सेभरनलाई मात्र विशेष अनुमति दिइएको थियो ।

सेभरन भेनेजुएलामा राज्य स्वामित्वको पीडीभीएसएसँग साझेदारीमा चार तेल क्षेत्र सञ्चालन गर्दै आएको छ । संयुक्त राज्यले प्रतिबन्धित ट्याङ्करहरूको भेनेजुएलासँगको व्यापारमा पनि पूर्ण रोक लगाएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईएईए) का अनुसार भेनेजुएलामा विश्वका तेल भण्डारको करिब १७ प्रतिशत रहेको छ । तथापि, वर्षौंदेखि व्यवस्थापन र भ्रष्टाचारका कारण देश प्रमुख तेल उत्पादक बन्न सकेको छैन ।

विश्लेषकहरूका अनुसार भेनेजुएलाको तेल गुणस्तर कम रहेको र अधिकांश डीजल वा अन्य उपउत्पादनमा प्रयोग हुने भएकोले अमेरिकामा गल्फ अफ मेक्सिको आसपासका रिफाइनरीहरू यस तेललाई प्रशोधन गर्न विशेष डिजाइन गरिएका छन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ०५ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान