कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाइँदै « Khabarhub

कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाइँदै


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता दिएको छ । वडावडामा दृश्यसँगै आवश्यक तथ्याङ्क प्रदान गर्ने उद्देश्यले महानगरले सिसिटिभी क्यामरा जडान तीव्र बनाएको हो ।

कामपा–३० ले वडाका विभिन्न २९ स्थानमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरेर फाइबर इन्टरनेटका माध्यमबाट निगरानी कक्षमा जोडी निगरानी गरिरहेको वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार यस क्रममा वडा नं २६ ले वडामा निगरानी कक्ष सञ्चालनमा ल्याई विभिन्न ७७ वटा क्यामरा जडान गरिसकेको छ ।

वडा नं ३२ र ३ को बोलपत्र आह्वान हुने चरणमा छ । वडा नं १४ को बोलपत्र आह्वान भइसकेको छ । सहरभित्रका सिसिटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु बाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम(निगरानी कक्ष) बनाउनका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

‘यो अत्याधुनिक प्रणाली जडान भइसकेपछि अल्ट्राएचडी (फोरके) क्वालिटीमा आवाजसहित दृश्य प्राप्त हुन्छ । यसबाट कुनै घटना हुनासाथ प्रहरी र सम्बन्धित अधिकारीलाई स्वचालित प्रणालीबाट दृश्य र फोटोसहितको जानकारी पुग्छ । दुर्घटना भए तत्काल उद्धार गर्न सकिन्छ’, उनले भने।

कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंका अनुसार विगतका अपराधजन्य घटना हेर्दा अपराध गर्नेले सबैभन्दा पहिले सिसिटिभीमा क्षति गरेको देखिन्छ ।

‘एउटा क्यामरामा क्षति गरे त्यसको विवरण अर्कोले पठाउने प्रणालीसहित सहरको निगरानी गर्ने क्यामरा जडान गरेका छौँ । यसको संरक्षणमा सबैको समन्वय आवश्यक छ’, उनले भने ।

सडक तथा सार्वजनिकस्थलमा गल्ती गरेर अब कोही उम्किन नपाउने गुरागाईंको भनाइ छ ।

‘यसले अपराध गर्नेको मात्र होइन । विकासमा दोहोरोपना गर्ने र गलत विकास संरचना बनाउनेको पनि निगरानी गर्नेछ’, उनले भने।
 
‘अहिले जडान भएका क्यामराहरू एआई प्रविधिमा आधारित आठ वटासम्म सेन्सर जोड्न मिल्ने, ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभिआइएफ) प्रोटोकलका हुन् । आठ मेगापिक्सल र चार मेगापिक्सलका क्यामराले ५५० मिटरसम्म दूरीका दृश्यहरू स्पष्ट रूपमा खिच्न र कैद गर्न सक्छन्’, गुरागाईंले भने। 

एआईका विशेषता भएका यी क्यामराले सवारीसाधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस तथा सवारीसाधन आवतजावतको गणना पनि गर्ने उनले जानकारी दिए । बत्ती गए पनि यी क्यामरा चल्नेगरी व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : १४ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद