जेन–जी आन्दोलनमा पक्राउ परेका युवाहरू नछोडे आन्दोलन गर्ने चेतावनी « Khabarhub

जेन–जी आन्दोलनमा पक्राउ परेका युवाहरू नछोडे आन्दोलन गर्ने चेतावनी


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही जेन-जी युवाहरूले जेन-जी आन्दोलनमा भएका घटनालाई लिएर पक्राउ गरेका युवाहरूलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले जेन-जी आन्दोलनमा भएका घटनालाई लिएर हजारभन्दा बढी युवाहरूलाई गिरफ्तार गरिएको भन्दै उनीहरूलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

देशको परिवर्तनका लागि लडेका युवाहरू अहिले जेलमा बस्न बाध्य भएको र देशलाई बर्बाद पार्नेहरू खुलेआम हिँडिरहेको उनीहरूले बताएका छन् ।

पत्रकार सम्मेलनमा जेन-जी मुभमेन्ट नेपालका अजय सोडारीले जेन-जी आन्दोलनले बलिदान गरेपनि वर्तमान सरकार जेन-जीको हुन नसकेको बताए । सडकमा आएर परिवर्तनका लागि लडेका हजारौँ युवाहरूलाई वर्तमान सरकारले थुन्ने काम गरेको भन्दै उनले आपत्ति जनाए ।

उनले वर्तमान सरकार जेन-जीको भावनाबिपरित अघि बढेको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरे ।

जेन-जीको भावना अनुसार नयाँ सरकार गठन गर्नका लागि दवाव दिन केहिदिनमा आन्दोलन गर्ने भन्दै उनले निष्कर्ष ननिस्केसम्म पछि नहट्ने बताए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ४९ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य