जेन–जी आन्दोलनमा पक्राउ परेका युवाहरू नछोडे आन्दोलन गर्ने चेतावनी « Khabarhub

जेन–जी आन्दोलनमा पक्राउ परेका युवाहरू नछोडे आन्दोलन गर्ने चेतावनी


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही जेन-जी युवाहरूले जेन-जी आन्दोलनमा भएका घटनालाई लिएर पक्राउ गरेका युवाहरूलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले जेन-जी आन्दोलनमा भएका घटनालाई लिएर हजारभन्दा बढी युवाहरूलाई गिरफ्तार गरिएको भन्दै उनीहरूलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

देशको परिवर्तनका लागि लडेका युवाहरू अहिले जेलमा बस्न बाध्य भएको र देशलाई बर्बाद पार्नेहरू खुलेआम हिँडिरहेको उनीहरूले बताएका छन् ।

पत्रकार सम्मेलनमा जेन-जी मुभमेन्ट नेपालका अजय सोडारीले जेन-जी आन्दोलनले बलिदान गरेपनि वर्तमान सरकार जेन-जीको हुन नसकेको बताए । सडकमा आएर परिवर्तनका लागि लडेका हजारौँ युवाहरूलाई वर्तमान सरकारले थुन्ने काम गरेको भन्दै उनले आपत्ति जनाए ।

उनले वर्तमान सरकार जेन-जीको भावनाबिपरित अघि बढेको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरे ।

जेन-जीको भावना अनुसार नयाँ सरकार गठन गर्नका लागि दवाव दिन केहिदिनमा आन्दोलन गर्ने भन्दै उनले निष्कर्ष ननिस्केसम्म पछि नहट्ने बताए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ४९ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको