केपी ‍ओलीसँग मानवअधिकार आयोगले लियो बयान « Khabarhub

केपी ‍ओलीसँग मानवअधिकार आयोगले लियो बयान


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको दमन र हिंसाबारे राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोधपुछ गरिरहेको छ ।

आयोगले ओलीसँग आइतबार अपराह्न जेन-जी आन्दोलनमा भएको दमन, विध्वंश र हिंसाबारे सोधपुछ गरेको हो सदस्य लिली थापाले बताएकी छन् ।

जेन-जी आन्दोलनमा भएको दमन र हिंसालाई लिएर आयोगले यसअघि पनि दर्जनौँ व्यक्तिसँग बयान लिइसकेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहदेखि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि आयोगले सोधपुछ गरिसकेको छ।

ओली प्रधानमन्त्री भएका बेला भदौ २३ गते काठमाडौं र इटहरीमा १९ जनाले ज्यान गुमाएका थिए । भोलिपल्ट भदौ २४ गते मच्चाइएको विध्वंशका क्रममा देशभर अर्बौँको सरकारी र निजी भौतिक संरचना ध्वस्त पारिएको थियो ।

ती दुई दिनमा आन्दोलनमा उत्रिएका २३ जनासहित ७६ जनाले ज्यान गुमाएका थिए । १० जना कैदी पनि मारिएका थिए । त्यस्तै लुटपाट र आगजनीमा उत्रिएकाहरूले पनि ठूलो संख्यामा ज्यान गुमाउन पुगेका थिए ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ५० बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान