बालेनले सुनीललाई बनाउलान् रास्वपाको दोस्रो महामन्त्री ? « Khabarhub

बालेनले सुनीललाई बनाउलान् रास्वपाको दोस्रो महामन्त्री ?


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले एकजना महामन्त्री थप्ने निर्णय गरेसँगै सम्भावित व्यक्तिको चर्चा भइरहेको छ ।

कविन्द्र बुर्लाकोटीपछिको दोस्रो महामन्त्री पद काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पक्षका नेताले पाउने भएका छन् ।

यस्तोमा मेयरको सचिवालयका एकजना सदस्य महामन्त्री बन्ने लगभग निश्चित छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताका अनुसार महामन्त्री पद बालेनलाई दिएपछि सहमहामन्त्री र सहप्रवक्ताको जिम्मेवारी उज्यालो नेपाल पार्टीबाट आएकालाई दिने सहमति भएको छ ।

आइतबारको केन्द्रीय समिति बैठकले चार पदाधिकारी थप्ने निर्णय गरेको रास्वपामा कुलमान घिसिङलाई यस अगाडि नै पार्टीले उपसभापति पद दिइसकेको छ।

लम्सालले पाउन सक्छन्

साह, रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमानलाई मिलाउन महत्वपूर्ण भूमिका खेलेका कुमार बेनलाई महामन्त्री बनाउने छैनन् ।

यस्तै यी नेताहरू मिलाउन अर्को महत्वपूर्ण भूमिका खेल्ने भूपदेव शाहलाई पनि बालेनले महामन्त्री नबनाउने भएका छन् । भूपदेवलाई यस अगाडि बालेनले सहममन्त्री बनाउने तयारी गरेका थिए ।

कुमार बेनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीमा मतभेद नदेखिए पनि बालेनले सुनील लम्साललाई महामन्त्री बनाउन लागेका छन् ।

बालेनको सचिवालयका एक सदस्यले सम्भवत महामन्त्री पद सुनीललाई नै दिने तयारी भएको छ। कुनै राजनीतिक परिवर्तन नभए सुनील महामन्त्री हुने छन् ।

उज्यालो नेपाल पक्षले महामन्त्री पद दाबी गरेकाले लम्सालले जिम्मेवारी पाउने नपाउने अझै शंका छ ।

को हुन् लम्साल ?

लमसाल बुटवल निवासी हुन्। पूर्वाधार स्ट्रक्चरल इन्जिनियर बालेन मेयर बनेदेखि पूर्वाधारसम्बन्धी कार्यमा सहयोग गर्दै आएका छन्।

निर्वाचन हुनुअगाडिबाटै बालेन्द्र र सुनीलबीच गहिरो सम्बन्ध भएको नेताहरूको दाबी छ। सहरी पूर्वाधार विभागमा अनुभव भएका उनले राजनीतिमा कस्तो प्रभाव पार्छन् हेर्न बाँकी छ।

बन्चरे डाँडाको फोहोर व्यवस्थापनबारे लम्साले विभिन्न अध्ययन गरेर बालेनलाई सहयोग गरेका थिए। कुमार बेनसँगै सुनील बालेनका निकट साथीमध्ये हुन्।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : १३ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको