चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल « Khabarhub

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप आफ्नो नयाँ रकेटमा इन्धन भर्ने अन्तिम तथा महत्वपूर्ण परीक्षण सोमबार सम्पन्न गरेको छ। यो परीक्षणको सफलताले आर्टेमिस कार्यक्रमअन्तर्गत अन्तरिक्षयात्रीहरूको प्रक्षेपण मिति तय गर्नेछ।

केनेडी स्पेस सेन्टरमा स्पेस लन्च सिस्टम (एसएलएस) रकेटमा अत्यन्त चिसो हाइड्रोजन र अक्सिजन इन्धन भरी वास्तविक प्रक्षेपण प्रक्रियाको अभ्यास गरिएको थियो।

करिब २६ लाख लिटर इन्धन ट्यांकीमा भरेर धेरै घण्टासम्म राखिएको नासाले जनाएको छ।

यस अभ्यासमा चालक दल सहभागी नभए पनि तीन अमेरिकी र एक क्यानाडेली अन्तरिक्षयात्रीले ह्युस्टनबाट सम्पूर्ण प्रक्रिया निगरानी गरेका थिए। उनीहरू हाल क्वारेन्टिनमा रहेका छन्।

यदि परीक्षण सफल भएमा अन्तरिक्षयात्री टोलीलाई यही साता चन्द्रमातर्फ पठाउन सकिने नासाको भनाइ छ।

करिब १० दिन लामो यस मिसनमा अन्तरिक्षयात्रीहरू चन्द्रमाको वरिपरि उडेर पृथ्वी फर्कनेछन्। उनीहरू चन्द्रमामा अवतरण भने गर्ने छैनन्।

आर्टेमिस कार्यक्रममार्फत नासाले भविष्यमा दीर्घकालीन चन्द्र मिसनको आधार तयार गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ६ : २२ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका