नेपालमा क्यान्सरको भयावह रूप: वार्षिक २६ हजार नयाँ बिरामी, मृत्युदर घटाउन चुनौती « Khabarhub

नेपालमा क्यान्सरको भयावह रूप: वार्षिक २६ हजार नयाँ बिरामी, मृत्युदर घटाउन चुनौती


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज विश्व क्यान्सरविरुद्धको दिवस हो। क्यान्सरबाट हुने मृत्यु कम गर्ने र जनचेतना फैलाउने उद्देश्यले आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरिँदैछ। फेब्रुअरी ४ लाई क्यान्सरसँग जुधिरहेकालाई हौसला दिने र ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्ने दिनका रूपमा पनि लिइन्छ।

बढ्दो चुनौती र तथ्यांक
नेपालमा क्यान्सरका बिरामीको संख्या चिन्ताजनक ढंगले बढिरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार नेपालमा महिला र पुरुष दुवैमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको छ। पुरुषमा फोक्सो र महिलामा स्तन क्यान्सरको समस्या उच्च छ।

क्यान्सर विशेषज्ञ डा. अम्बुज कर्णका अनुसार नेपालमा हरेक वर्ष करिब २६ हजार नयाँ बिरामी थपिन्छन्। सन् २०२२ मा यो संख्या २२ हजार थियो। चार वर्षको अवधिमा मात्रै चार हजार नयाँ बिरामी थपिएका छन्।

रोग बढ्यो कि पहिचान ?
क्यान्सरका बिरामी बढ्नुको कारणलाई दुई कोणबाट हेर्नुपर्ने क्यान्सर रोग विशेषज्ञ डा. कर्ण बताउँछन् । क्यान्सर पहिले पनि थियो तर पत्ता लाग्ने दर कम थियो । उदाहरणका लागि, पहिले सय जनामा १० जनालाई क्यान्सर हुँदा पाँच जनालाई मात्रै पत्ता लाग्थ्यो भने बाँकी उपचारको पहुँचबाहिरै रहने अवस्था थियो । अहिले भने परीक्षण र उपचार सेवाको पहुँच बढेसँगै बढी बिरामी पहिचान हुन थालेका छन् ।

डब्लुएचओका अनुसार नेपालमा महिला र पुरुष दुवैमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको छ। पुरुषमा फोक्सो र महिलामा स्तन क्यान्सरको समस्या उच्च छ।

अर्को गम्भीर कारण भने क्यान्सरको वास्तविक दर नै बढ्नु रहेको डा. कर्णको भनाइ छ । पछिल्लो समयको जीवनशैली, खानपान, धुम्रपान र मद्यपानको बढ्दो प्रयोगले क्यान्सरको जोखिम उल्लेखनीय रूपमा बढाएको विभिन्न अध्ययनले देखाएका छन् ।

पहिचानमा वृद्धि: पहिले पनि क्यान्सर थियो, तर परीक्षणको सुविधा कम हुँदा बिरामी पत्ता लाग्दैनथे। अहिले प्रविधिको विकासले बिरामीको संख्या बढी देखिएको हो।

जीवनशैलीमा परिवर्तन: अव्यवस्थित खानपान, धुम्रपान र मद्यपानका कारण क्यान्सरको वास्तविक दर नै बढेको छ।

अस्वस्थ जीवनशैली र प्रदूषण
जंक फुडको प्रयोग, शारीरिक व्यायामको कमी र मोटोपनले क्यान्सर निम्त्याइरहेको छ। बालीनालीमा प्रयोग हुने विषादी र वातावरणीय प्रदूषण अर्को मुख्य कारण हो। सहरी क्षेत्रमा बढ्दो धुलो-धुवाँले फोक्सोको क्यान्सरको जोखिम झन् बढाएको छ।

क्यान्सर र खोपको महत्त्व
महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रूपमा देखिएका छन्। सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी (एचपिभी) खोप कार्यक्रम चलाइरहेको छ। यो भाइरस पुरुषबाट सर्ने भएकाले किशोरीसँगै किशोरलाई पनि यो खोप दिनु आवश्यक छ।

उपचारमा सुधार तर घटेन मृत्युदर
नेपालमा क्यान्सर उपचारका लागि नयाँ प्रविधि र अस्पतालहरू थपिएका छन्। तर, मृत्युदर भने अझै घट्न सकेको छैन। वार्षिक करिब १५ देखि १७ हजार बिरामीको क्यान्सरबाट मृत्यु हुने अनुमान छ। धेरै बिरामीको घरमै मृत्यु हुने र एकीकृत तथ्यांक नहुँदा वास्तविक संख्या यकिन गर्न भने कठिन भएको देखिन्छ ।

वार्षिक करिब १५ देखि १७ हजार बिरामीको क्यान्सरबाट मृत्यु हुने अनुमान छ। धेरै बिरामीको घरमै मृत्यु हुने र एकीकृत तथ्यांक नहुँदा वास्तविक संख्या यकिन गर्न भने कठिन भएको देखिन्छ ।

रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय
स्वास्थ्य विज्ञका अनुसार क्यान्सरको उपचारभन्दा पनि रोकथाम सबैभन्दा प्रभावकारी उपाय हो । धुम्रपान तथा मद्यपान त्याग्ने, स्वस्थ र सन्तुलित आहार लिने, नियमित शारीरिक व्यायाम गर्ने, मोटोपन नियन्त्रणमा राख्ने, प्रदूषणबाट जोगिने र समयमै स्वास्थ्य परीक्षण गर्ने बानीले क्यान्सरको जोखिम कम गर्न सकिन्छ ।

साथै, एचपिभी खोप, नियमित स्क्रिनिङ कार्यक्रम र जनचेतनालाई अझ व्यापक बनाउँदै लैजान सके क्यान्सरका कारण हुने मृत्यु दर घटाउन सकिने विज्ञको विश्वास छ ।

नेपालमा क्यान्सर एक गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा उभिएको छ । तर समयमै सचेतना, प्रभावकारी नीति, रोकथामका कार्यक्रम र उपचार सेवाको पहुँच विस्तार गर्न सके यो चुनौतीलाई अवसरमा बदल्न सकिने स्वास्थ्य विज्ञ बताउँछन् ।

क्यान्सरको उपचारभन्दा रोकथाम नै उत्तम विकल्प हो। विज्ञका अनुसार निम्न उपाय अपनाएर क्यानसरकाे जोखिम कम गर्न सकिन्छ:

धुम्रपान र मद्यपान पूर्ण रूपमा त्याग्ने,

स्वस्थ र सन्तुलित खानपानमा जोड दिने,

नियमित व्यायाम गर्ने र तौल नियन्त्रणमा राख्ने,

समय-समयमा स्वास्थ्य परीक्षण (स्क्रीनिङ) गराउने,

समयमै सचेतना र प्रभावकारी सरकारी नीति भएमा क्यान्सरको चुनौतीलाई कम गर्न सकिन्छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ११ : १६ बजे

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

काठमाडौं– बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित

एजेन्सी– सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले

व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं 

काठमाडौं– काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र

एघार करोडको लागतमा दूधमति नदीको उत्खनन

जनकपुरधाम– एघार करोडको लागतमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति

कामपाका सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक