राती बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उच्च  « Khabarhub

राती बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उच्च 


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रातमा बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उल्लेखनीय रूपमा बढ्ने एक अध्ययनले निष्कर्ष निकालेको छ ।

बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका झन्डै ८९ हजार जना सहभागीहरूमाथि गरेको अध्ययनको निष्कर्षअनुसार उज्यालो कोठामा सुत्नेहरूमा हृदयघातको जोखिम ३० देखि ५० प्रतिशतसम्म बढेको देखिएको छ ।

हरेक रात उज्यालो प्रकाशमा सुत्दा हृदयघातको जोखिम ४७ प्रतिशत, कोरोनरी धमनी रोगको ३२ प्रतिशत र स्ट्रोकको २८ प्रतिशतले बढेको पाइएको अमेरिकी वैज्ञानिक पत्रिका जेएमए नेटवर्क ओपनमा प्रकाशित प्रतिवेदनमा भनिएको छ । 

रातको कृत्रिम प्रकाशले दिमागमा तनाव बढाउने, धमनीहरूमा सूजन ल्याउने र शरीरको प्राकृतिक जैविक घडीलाई बिगार्ने गरेको अध्ययनमा उल्लेख छ ।

वैज्ञानिकहरूले राम्रो स्वास्थ्यका लागि पूर्ण अन्धकारमा सुत्न सिफारिश गरेका छन् । यस्तै सुत्नुभन्दा ४ घण्टा अगाडिदेखि नै बत्ती कम गर्न र ब्ल्याकआउट पर्दा प्रयोग गर्न वैज्ञानिकहरूको सुझाव छ ।

यो अध्ययनले रातको प्रकाशलाई हृदयरोगको एउटा प्रमुख जोखिम कारकका रूपमा हेर्नुपर्ने निष्कर्ष दिएको छ । 

विशेषज्ञहरूका अनुसार यो खोजले सार्वजनिक स्वास्थ्य नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । 

विशेषगरी शहरी क्षेत्रमा बढ्दो प्रकाश प्रदूषण र मोबाइल स्क्रिनको बढ्दो प्रयोगले यो समस्या झनै गम्भीर बन्दै गएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ४ : ०३ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह