अर्थमन्त्री खनाल भन्छन् : निर्वाचनमा आवश्यक पर्ने बजेटको कमी हुँदैन « Khabarhub

अर्थमन्त्री खनाल भन्छन् : निर्वाचनमा आवश्यक पर्ने बजेटको कमी हुँदैन


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी । अर्थमन्त्री रामेश्वर खनालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु नै अहिलेको सरकारको मुख्य जिम्मेवारी भएको बताएका छन् । बुधबार जिल्लामा निर्वाचनको तयारी तथा सुरक्षा ब्यवस्थापनका बारेमा जानकारी लिन म्याग्दी आएका अर्थमन्त्री खनालले निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, आर्थिक लगायतका सम्पूर्ण व्यवस्थापनमा कुनै कमी नहुने बताए ।

“निर्धारित मितिमै एकसाथ निर्वाचन हुन्छ, हिमाली क्षेत्रमा हिमपात भए सोही दिन निर्णय हुन्छ” अर्थमन्त्री खनालले भने । निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्न सरकारी संयन्त्रबाहेक सरोकारवाला निकाय, राजनीतिक दलको समेत सहयोग आवश्यक रहेको बताए ।

अर्थमन्त्री खनालले निरीक्षणको क्रममा जेनजी आन्दोलनबाट भएको क्षति तथा निर्वाचनमा जेनजीको प्रभाव, उमेदवारलाई सुरक्षा जोखिमका बारेमा समेत चासो देखाएका थिए । जिल्ला निर्वाचन कार्यालयमा निरीक्षण तथा हालसम्म जिल्लामा भएको तयारीका बारेमा जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी गराएका थिए ।

मुख्य निर्वाचन अधिकृृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लामा राजनीतिक दल, उमेदवारले निर्वाचन आचारसंहिताको पालना गरेको बताएका थिए । जिल्लामा निर्वाचनलक्षित सुरक्षा योजना तथा मतदानस्थलको निरीक्षण, मतपेटिका ढुवानीमा हेलिकोप्टरको आवश्यकता लगायतका विषयमा समेत छलफल भएको थियो । यसैबीच अर्थमन्त्री खनाल र सुरक्षा समितिको समेत बैठक बसेर आवश्यक सुरक्षा तयारीका बारेमा छलफल भएको थियो ।

आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता कायम भएको छ । ४२ हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एकजना यौनिक तथा लैंगिकक अल्पसंख्यक समुदायका मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा आगामी निर्वाचनका लागि ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र कायम भएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ८ : ४९ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक