एमाले र प्रलोपाबीच चुनावी तालमेल, रुकुम पश्चिममा जनार्दनलाई भोट हाल्ने सहमति « Khabarhub

एमाले र प्रलोपाबीच चुनावी तालमेल, रुकुम पश्चिममा जनार्दनलाई भोट हाल्ने सहमति


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच नयाँ सहमति भएको छ।

२०८२ माघ १८ गते भएको सहमतिलाई आंशिक संशोधन गर्दै दुवै दलले तीनबुँदे नयाँ सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार पश्चिम रुकुममा एमालेका उम्मेदवार जनार्दन शर्माको पक्षमा प्रगतिशील लोकतान्त्रिक पार्टीले समर्थन जनाउने भएको छ। यसअघि उक्त क्षेत्रमा उम्मेदवार रहेका सन्दीप पुनको नाम हटाइएको जनाइएको छ।

त्यसैगरी, कर्णाली प्रदेशका हुम्ला, जुम्ला र मुगु जिल्लासहित पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारको पक्षमा सूर्य चिन्हमार्फत मतदान गर्ने सहमति कायम गरिएको छ।

सहमति कार्यान्वयनका लागि दुवै दलले आफ्ना आन्तरिक पंक्तिलाई पुनः निर्देशन दिने निर्णयसमेत गरेका छन्।

नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन्।

दुवै दलबीच भएको यो सहमतिले आगामी निर्वाचनमा आपसी सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  १ : १० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम