आज २०८२ साल फागुन २० गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन २० गते बुधबारको राशिफल


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन २० गते बुधबार चैत कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ मार्च ४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : आज तपाईंको दिन राम्रो छ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । विपक्षी साथीविरुद्ध जित हात पर्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्ने जोखिम छ ।

वृष : सोचेर बोल्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । गला र कलाको प्रदर्शन गर्ने दिन आएको छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

मिथुन : स्वास्थ्यमा समस्या भए सुधार हुनेछ । परिवारमा जिम्मेवारी थपिनेछ । पठनपाठनमा जोस र जाँगर बढ्नेछ । राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्नेछ । व्यवहार गरेको भए जिम्मेवारी थपिने छ ।

कर्कट : विश्वास पात्रले विरोध गरेको सुन्नुपर्नेछ । यात्रा गर्दा सचेत बन्नुपर्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । धर्मकर्ममा फाइदा हुनेछ ।

सिंह : दाम्पत्य जीवन सुमधुर बन्ने छ । मन शान्त बन्ने दिन छ । शिक्षा र स्वास्थ्य क्षेत्रको प्रयास सफल बन्नेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ । खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ ।

कन्या : बोल्दा सचेत बन्नुपर्ने दिन छ । विवेक प्रयोग नगरी बोल्दा पश्चाताप हुने जोखिम छ । पेट सम्बन्धी रोगले सताउने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । धार्मिक अभियन्तासँगको भेटले मनमा शान्ति मिल्नेछ ।

तुला : आज मानसम्मान प्राप्त हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । बौद्धिक क्षेत्रबाट सम्मान प्राप्त हुनेछ । प्रेम सम्बन्ध समुधुर बन्ने योग छ । गुरुसँग बोल्दा नम्र बन्नुपर्नेछ ।

वृश्चिक : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । दान गरेर दिनको सुरुवात गरेमा दिन सहज र सफल बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।

धनु : पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । स्वास्थ्यले साथ नदिने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । राजनीतिक र पारिवारिक क्षेत्रमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ ।

मकर : दिन सामान्य छ । काम गर्दा सचेत बन्नुपर्नेछ । गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुनेछ । शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । राजनीतिमा हात नलगाउनु उचित हुनेछ ।

कुम्भ : सहकर्मीसँगको सहकार्यमा गरेको निर्णय कार्यान्वयन हुनेछ । एकल निर्णय नगर्नु उचित हुन्छ । राज्यका जिम्मेवार व्यक्तिबाट सचेत बन्नुपर्नेछ । मन अशान्त बन्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीन : सञ्चित धन खर्च हुनेछ । साथीसँग बोल्दा नम्र बन्नुपर्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ५ : ३५ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै