मध्यपूर्व तनावको असर बलिउड–साउथ फिल्म बजारमा : यशको ‘टक्सिक’ जुनसम्म सर्‍यो « Khabarhub

मध्यपूर्व तनावको असर बलिउड–साउथ फिल्म बजारमा : यशको ‘टक्सिक’ जुनसम्म सर्‍यो


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी रिलिजको तयारीमा रहेको दक्षिण भारतीय सुपरस्टार यश अभिनीत बहुप्रतीक्षित फिल्म ‘टक्सिक : अ फेयरीटेल फर ग्रोन-अप्स’ अन्ततः निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । मार्च १९ देखि विश्वभर प्रदर्शन गर्ने तयारी गरिएको यो फिल्म अब ४ जुन २०२६ (२१ जेठ २०८३) मा रिलिज हुने घोषणा गरिएको छ।

फिल्मको प्रदर्शन मिति परिवर्तन हुनुको मुख्य कारण भने सिनेमाभन्दा बाहिरको विश्व राजनीतिक परिस्थिति बनेको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपछि मध्यपूर्व क्षेत्रमा बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित हुने आँकलन गरिएको छ । 

विशेष गरी खाडी मुलुकहरूमा ठूलो दर्शक वर्ग रहेको र त्यहाँको अनिश्चित अवस्थाले फिल्मको व्यापारमा असर पार्न सक्ने निष्कर्षसहित निर्माण टिमले मिति सार्ने निर्णय गरेको हो।

भारतीय मिडिया अनुसार , अभिनेता तथा निर्माता यशले बुधबार सार्वजनिक गरेको वक्तव्यमा ‘टक्सिक’ लाई केवल क्षेत्रीय नभई विश्वव्यापी दर्शक लक्षित परियोजनाको रूपमा निर्माण गरिएको उल्लेख गरेका छन् । 

कन्नड र अंग्रेजी भाषामा छायांकन गरिएको यो फिल्म अन्तर्राष्ट्रिय बजारमा समेत मजबुत उपस्थिति जनाउने उद्देश्यसहित तयार गरिएको थियो। तर हालको परिस्थितिले ‘सम्भव भएसम्म धेरै दर्शकसम्म पुग्ने हाम्रो लक्ष्य प्रभावित हुन सक्ने’ भन्दै निर्माण पक्षले सोचविचार गरेर रिलिज स्थगित गरेको जनाएको छ।

यसबीच, यशको फिल्म पछि सरेसँगै रणवीर सिंह अभिनीत ‘धुरन्धर २’  लाई भने अप्रत्यक्ष रूपमा फाइदा पुग्ने देखिएको छ। यसअघि दुवै फिल्म मार्च १९ मा आमनेसामने हुने अवस्था थियो। अब ‘टक्सिक’ पछि हटेपछि ‘धुरन्धर २ ’ सोही मितिमा एकल रूपमा प्रदर्शन हुने सम्भावना बलियो बनेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  २ : ४९ बजे

कञ्चनपुरका ७९ मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

दोधारा चाँदनी- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका

यस्तो छ झापा-५ को मतगणना स्थल (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा-५ को मतगणना स्थल दमकस्थित

मतदातालाई निर्वाचन आयोगको आह्वान- निर्धक्क भएर मतदानमा सहभागी भइदिनुस्

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री