कञ्चनपुरका ७९ मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’ « Khabarhub

कञ्चनपुरका ७९ मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कञ्चनपुरका ७९ मतदान केन्द्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लाका तीन निर्वाचन क्षेत्रमा रहेका १३२ वटा मतदान केन्द्रमध्ये ७९ मतदान केन्द्रमा सिसीटिभी क्यामेरा जडान गरिएको जानकारी दिए  । 

त्यसैगरी यहाँका ६६ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । 

एक सय ३२ मतदानस्थलमध्ये ६६ वटा मतदानस्थललाई अतिसंवेदनशील, ४० वटा मतदानस्थल संवेदनशील र २६ मतदानस्थललाई सामान्यको सूचीमा राखेर सुरक्षा व्यवस्था मिलाइएको छ । 

कञ्चनपुर जिल्ला भारतसँग सीमा जोडिएका कारण पनि अतिसंवेदनशील मतदनास्थलको सङ्ख्या बढी छ । मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । 

तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ मा ३४ अतिसंवेदनशील मतदानस्थल छन् भने १४ संवेदनशील र चार मतदान केन्द्र सामान्य छन् । 

त्यसैगरी क्षेत्र नम्बर २ मा १७ अतिसंवेदनशील मतदानस्थल छन् । तेह्र वटा संवेदनशील र १३ सामान्य मतदानस्थल छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा १५ अतिसंवेदनशील,१३ संवेदनशील र नौवटा सामान्य मतदानस्थल रहेका जनाइएको छ । 

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ४ : ०७ बजे

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै