बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र « Khabarhub

बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगकाअनुसार सबैभन्दा धेरै अस्थायी मतदान केन्द्र काठमाडौंमा छ वटा तोकिएका छन् । काठमाडौं जिल्लामा सात हजार ६८७ अस्थायी मतदाता कायम छन् ।

काठमाडौं महानगरपालिका–११ स्थित जगन्नाथ देवालयको केन्द्रीय कारागार, कामनपा वडा नं ३० स्थित डिल्लीबजार कारागार, नगार्जुन नगरपालिका–३ को सशस्त्र प्रहरी बलको कार्यालय, भद्रकाली मन्दिर तथा जिल्ला प्रशासन कार्यालयका भवनमा अस्थायी मतदान केन्द्र तोकिएका छन् । 

आयोगका अनुसार भक्तपुरमा दुई हजार ३०४, ललितपुरमा दुई हजार ५४९, काभ्रेपलाञ्चोकमा दुई हजार ४८१, मकवानपुरमा तीन हजार ३०७, चितवनमा तीन हजार १८५, नुवाकोटमा दुई हजार ९५६ र धादिङमा दुई हजार ८१८ अस्थायी मतदाता रहेका छन् ।

यसैगरी रसुवामा एक हजार पाँच, सिन्धुलीमा एक हजार ७७५, रामेछापमा दुई हजार ४२२, खोलखामा दुई हजार ३११ अस्थायी मतदाता रहेका छन् । 

देशभर १४३ ओटा अस्थायी मतदान केन्द्र तोकिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कारागार, सरकारी कार्यालय, सुरक्षा निकाय, अस्पताल तथा सार्वजनिक संस्थानमा कार्यरत मतदातालाई लक्षित गरी अस्थायी मतदान केन्द्र तोकिएको जानकारी दिए । 
 

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ६ : ५६ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६