आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख कृष्ण पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२६ अप्रिल ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पढाइमा जोस र जाँगर बढ्नेछ । परिवारको विश्वास बढी गर्दा धोका हुने जोखिम छ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : दिन सामान्य छ । शरीरमा रोग बढ्नेछ । साथीको सहयोग मिल्नेछ । सोचेका काम बन्नेछन् । एकल लगानी नउठ्ने हुँदा संयुक्त लगानी गर्नु उचित हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । धन खर्च भए पनि नाम र मान बढ्नेछ । आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ । रोगबाट मुक्त हुने योग छ । आफूले आम्दानी गरेको भन्दा पितृको सम्पत्ति लगानी गरेमा फाइदा हुनेछ ।

कर्कट : धनलक्ष्मी योग परेको छ । आज आम्दानीका स्रोत भेटिनेछन् । मिष्ठान्न भोजन मिल्नेछ । राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ । स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

सिंह : दिन सामान्य छ । काम गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ । एकल लगानी नगर्नु राम्रो हुनेछ । शिक्षामा गरेको प्रयास सफल रहनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ ।

कन्या : आज काम बन्ने दिन छ । प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ । सम्पत्ति आर्जन गर्नेक्रममा आफूभन्दा ठूलासँग तर्क नगर्नु राम्रो हुनेछ । उत्तरको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ ।

तुला : परिवारभित्र भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । परोपकारमा समय खर्च गर्नु राम्रो हुनेछ । राजनीतिक क्षेत्रमा तपाईंमाथि आक्रमण हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ । परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ ।

वृश्चिक : दिन सामान्य छ । पुराना साथीसँगको भेटले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ । आफन्तबाट अपमानित हुनुपर्नेछ । दैनिक काममा स्वास्थ्यले साथ नदिने जोखिम रहेको छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ ।

धनु : तपाईंको बोलीको प्रभावले ठुलो काम बन्नेछ । मनका कुरा साथीसँग साट्नु राम्रो हुनेछ । अवसरलाई सदुपयोग गर्न नसक्दा पछुतो हुनेछ । एकल निर्णय गरेर अगाडि बढ्नु राम्रो हुनेछ । आम्दानी भन्दा खर्च बढ्नेछ ।

मकर : नयाँ खबर सुन्न पाइनेछ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ । दाजुभाइको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ । परीक्षाको प्रतिक्षामा भए राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । परिवारसँगको सम्बन्ध सुखमय बन्ने योग छ ।

कुम्भ : दिन राम्रो छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । आफूभन्दा ठूला व्यक्तिको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ ।

मीन : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवार र बन्धुको साथमा काम बन्नेछ । बिहान उठेर पिपलको दर्शन गर्न सकेमा ठुलो दशा टर्नेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ५ : २७ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,