कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते « Khabarhub

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक बालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार आइतबार राति काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो ।

मृत्यु हुनेमा भारतको उत्तर प्रदेश, बहराइच जिल्लाका २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमार रहेका छन् । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको थियो ।

उपचारका क्रममा अजयको सेती प्रादेशिक अस्पताल र पवनको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ११ वर्षीय घुर्रा कुमारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १० : ०८ बजे

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेसँगै

एनएमबी बैंकको खुद नाफा ४ अर्ब नाघ्यो

काठमाडौं– एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री