सरकारका प्रवक्ता भन्छन् : लिपुलेक हाम्रो भूमि हो, कूटनीतिक नोट पठाइसकेका छौँ « Khabarhub

सरकारका प्रवक्ता भन्छन् : लिपुलेक हाम्रो भूमि हो, कूटनीतिक नोट पठाइसकेका छौँ


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले नेपाली भूमि लिपुलेकबाट भारत र चीनले खोलेको मानसरोवर मार्गबारे दुवै देशलाई कूटनीतिक नोट पठाएको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि उनले यस्तो बताएका हुन् । पत्रकारले सोधेका थिए, ‘कूटीनीतिक जारी गरिएको भनिएको छ। पब्लिक नोटमात्रै हो या छिमेकीलाई पनि पठाउनु भएको हो?’

जवाफमा उनले भने, ‘भारतसँग सिमाना विवाद छ भन्ने आइसकेको छ। अहिले चीन र भारतले खोल्न लागेको लिपुलेक नेपालको भूमि हो । हामीले कूटनीतिक नोट जारी गरेको भनिसकेपछि पठाएकै हो । भारतले भनेजस्तो नेपालले सीमा विस्तार गर्ने भनेको होइन । त्यो नेपालको भूमि भएकाले सिमा विस्तार भन्ने कुरा आउँदैन ।’

उनले लिपुलेक नेपालको भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको बताए । ‘त्यो हाम्रो भूमि हो भन्ने कुरामा हामी स्पष्ट छौँ’, उनले भने, ‘हामी हाम्रो अडानमा कायम छौँ।’

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १२ : २९ बजे

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६