नक्कली सुकुम्वासीलाई कारबाही गर्न हर्क साम्पाङको माग « Khabarhub

नक्कली सुकुम्वासीलाई कारबाही गर्न हर्क साम्पाङको माग


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्वासीको पहिचान गरी कारबाही गर्न सरकारसँग माग  गरेका छन् ।

सोमबार थापाथलीस्थित सरकारले हटाएको सुकुम्वासी बस्तीमा पुगेर उहाँले नक्कली सुकुम्वासीका कारण वास्तविक भूमिहीन सुकुम्वासीहरू समस्यामा परेको बताए। सुकुम्वासीको नाममा सरकारी जग्गा ओगटेर भाडामा लगाउने प्रवृत्ति रोक्न कडा कारबाही आवश्यक रहेको उनको भनाइ छ।

साम्पाङले बस्ती हटाउनुअघि नै वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्नेमा जोड दिँदै पहिचान नगरी एक्कासी डोजर प्रयोग गर्दा वास्तविक पीडित थप समस्यामा परेको उल्लेख गरे। गरिब नागरिकलाई विस्थापित गर्ने काम उचित नभएको भन्दै उनले प्रभावितहरूका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

उनले नागरिकको आधारभूत अधिकारलाई ध्यानमा राख्दै आगामी दिनमा यस्ता कार्यमा संवेदनशील र व्यवस्थित ढंगले अघि बढ्न सरकारलाई सुझाव पनि दिएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १ : ३५ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा