नक्कली सुकुम्वासीलाई कारबाही गर्न हर्क साम्पाङको माग « Khabarhub

नक्कली सुकुम्वासीलाई कारबाही गर्न हर्क साम्पाङको माग


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्वासीको पहिचान गरी कारबाही गर्न सरकारसँग माग  गरेका छन् ।

सोमबार थापाथलीस्थित सरकारले हटाएको सुकुम्वासी बस्तीमा पुगेर उहाँले नक्कली सुकुम्वासीका कारण वास्तविक भूमिहीन सुकुम्वासीहरू समस्यामा परेको बताए। सुकुम्वासीको नाममा सरकारी जग्गा ओगटेर भाडामा लगाउने प्रवृत्ति रोक्न कडा कारबाही आवश्यक रहेको उनको भनाइ छ।

साम्पाङले बस्ती हटाउनुअघि नै वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्नेमा जोड दिँदै पहिचान नगरी एक्कासी डोजर प्रयोग गर्दा वास्तविक पीडित थप समस्यामा परेको उल्लेख गरे। गरिब नागरिकलाई विस्थापित गर्ने काम उचित नभएको भन्दै उनले प्रभावितहरूका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

उनले नागरिकको आधारभूत अधिकारलाई ध्यानमा राख्दै आगामी दिनमा यस्ता कार्यमा संवेदनशील र व्यवस्थित ढंगले अघि बढ्न सरकारलाई सुझाव पनि दिएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १ : ३५ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत