ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते « Khabarhub

ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– यहाँको पुनर्वास नगरपालिका–७ स्थित  इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार गएराती न्यु जनता इँटा उद्योगमा काम गर्ने मजदुरहरू काँचो इँटाको चट्टामाथि सुतिरहेको अवस्थामा पानी छर्किन प्रयोग गरिएको से १ त ८८७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई उनीहरू सुतेको चट्टामा ठोक्किएको थियो ।

सो क्रममा भारत उत्तर प्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् । 

त्यसैगरी ९ वर्षीय पवन कुमारको पनि उपचारका क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै मृतकको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

दुर्घटनामा गम्भीर घाइते ११ वर्षीय बालक घुर्रा कुमारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनापछि ट्याक्टर र पानी छर्किने ट्यांकर इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा रहेको छ भने ट्याक्टर चालक फरार रहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : ३६ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा