संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरि भूमिका निर्वाह गर्न सभामुख अर्यालकाे सुझाव « Khabarhub

संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरि भूमिका निर्वाह गर्न सभामुख अर्यालकाे सुझाव


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले संसद्का गतिविधिलाई परिणाममुखी बनाउनेगरि भूमिका निर्वाह गर्न राजनीतिक दलका सचेतकहरूलाई सुझाव दिएका छन् ।  

सोमबार सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँगको छलफलका क्रममा सभामुख अर्यालले नेपाली जनताले चाहना गरेअनुसार संसद्का गतिविधिलाई परिणाममुखी बनाउनेगरि भूमिका निर्वाह गर्न सुझाव दिएको रास्वपा सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए  । 

संसदमा देखिएका समस्यालाई हल गर्दै प्रभावकारी बनाउने र संसद्को मर्म र संसदीय परम्परा र प्रणालीलाई अव्वल बनाउने विषयमा समेत छलफल भएको उनले बताए । 

बैठकमा दलका सचेतकहरूले सभामुख र संसद् सचिवालयसँग समन्वय र सहकार्य गरेर परिणाम ल्याउने कुरामा जोड दिएको रास्वपा सचेतक परियारले बताए ।

संसद्को प्रारम्भिक चरणमा देखिएका अव्यवस्थाहरूलाई सम्बोधन गर्ने संसद् सचिवालयले प्रतिबद्धता व्यक्त गरेको समेत उनले बताए । 

सचेतकहरूमार्फत आफ्नो दलमा प्रभावकारी अनुशिक्षण, प्रशिक्षण र कामकारबाहीलाई अगाडि बढाएर जिम्मेवारी वहन गर्न सभामुखले निर्देशन दिएको परियारको भनाइ छ । 

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : ४७ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा