संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरि भूमिका निर्वाह गर्न सभामुख अर्यालकाे सुझाव « Khabarhub

संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरि भूमिका निर्वाह गर्न सभामुख अर्यालकाे सुझाव


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले संसद्का गतिविधिलाई परिणाममुखी बनाउनेगरि भूमिका निर्वाह गर्न राजनीतिक दलका सचेतकहरूलाई सुझाव दिएका छन् ।  

सोमबार सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँगको छलफलका क्रममा सभामुख अर्यालले नेपाली जनताले चाहना गरेअनुसार संसद्का गतिविधिलाई परिणाममुखी बनाउनेगरि भूमिका निर्वाह गर्न सुझाव दिएको रास्वपा सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए  । 

संसदमा देखिएका समस्यालाई हल गर्दै प्रभावकारी बनाउने र संसद्को मर्म र संसदीय परम्परा र प्रणालीलाई अव्वल बनाउने विषयमा समेत छलफल भएको उनले बताए । 

बैठकमा दलका सचेतकहरूले सभामुख र संसद् सचिवालयसँग समन्वय र सहकार्य गरेर परिणाम ल्याउने कुरामा जोड दिएको रास्वपा सचेतक परियारले बताए ।

संसद्को प्रारम्भिक चरणमा देखिएका अव्यवस्थाहरूलाई सम्बोधन गर्ने संसद् सचिवालयले प्रतिबद्धता व्यक्त गरेको समेत उनले बताए । 

सचेतकहरूमार्फत आफ्नो दलमा प्रभावकारी अनुशिक्षण, प्रशिक्षण र कामकारबाहीलाई अगाडि बढाएर जिम्मेवारी वहन गर्न सभामुखले निर्देशन दिएको परियारको भनाइ छ । 

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : ४७ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी