पोखराका सुकुम्वासी सडकमा, लगाए नारा- डोजर आतंक बन्द गर  « Khabarhub

पोखराका सुकुम्वासी सडकमा, लगाए नारा- डोजर आतंक बन्द गर 


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्वासीहरू त्रसित बनेका छन् । 

‘डोजर आतंक बन्द गर’ भन्ने नारासहित उनीहरूले आज पोखराका सडकमा प्रदर्शन गरेका छन् ।

पोखरा महानगरपालिका ले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । महानगरको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार वैशाख ४ गते सूचना जारी गरिएको हो ।

महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी रहेको सुकुम्वासी बस्तीका बासिन्दाले भने वैकल्पिक व्यवस्थाबिना स्थान खाली नगर्ने अडान लिएका छन् । उनीहरूले उचित व्यवस्थापनपछि मात्रै डोजर चलाउन माग गरेका छन् ।

आफ्ना माग सम्बोधनका लागि सुकुम्वासीहरूले आज वैशाख २१ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । त्यसअघि उनीहरूले पृथ्वीचोक मा र्‍यालीसहित कोणसभा गरेका थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ४ : ०५ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा