सचिवालयको स्पष्टीकरण : प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न निर्देशन दिएको होइन « Khabarhub

सचिवालयको स्पष्टीकरण : प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न निर्देशन दिएको होइन


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गरिएको समाचारप्रति प्रेस सल्लाहकार दीपा दाहालले आपत्ति जनाएकी छन्।

प्रधानमन्त्री बालेन शाहकी प्रेस सल्लाहकार दाहालले उक्त कुरामा आपत्ति जनाउँदै त्यसलाई असत्य र अतिरञ्जित भएको जिकिर गरेकी छन् ।

प्रधानमन्त्री कार्यालयले सोमबार जारी गरेको प्रेस नोटमा प्रधानमन्त्री वालेन्द्र शाहले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्ने कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ।

सचिवालयकी सदस्य दाहालले प्रधानमन्त्री कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनको अत्यधिक भीड देखिएपछि प्रधानमन्त्रीले सुरक्षाकर्मीलाई सामान्य व्यवस्थापन र सुरक्षा सतर्कताबारे जिज्ञासा मात्रै राखेका जिकिर गरेकी छन्।

तर, त्यही क्रममा केही सुरक्षाकर्मीले गेट क्षेत्रमा रहेका सञ्चारकर्मीलाई हट्न भनेको भन्ने गुनासो प्राप्त भएको उनले बताएकी छन्। त्यसपछि तत्काल समन्वय गरी कुनै पनि प्रकारको प्रेस पहुँचमा कटौती नभएको सचिवालयबाट दाहालले बताएकी छन् ।

सचिवालयले सुरक्षा व्यवस्थासँग सम्बन्धित सामान्य प्राविधिक विषयलाई प्रेस स्वतन्त्रतामाथिको अवरोधका रूपमा प्रस्तुत नगर्न आग्रह गरेको छ।

नेपाल सरकार प्रेस स्वतन्त्रता, सूचनाको हक र संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको पनि दाहालले दाबी गरेकी छन्। यसका साथै सञ्चार माध्यमसँग सहकार्य र पारदर्शिता कायम राख्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त प्रमको सचिवालयले गरेको छ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ७ : २२ बजे

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

नेपालगन्ज– बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,

कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज