काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी « Khabarhub

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा माइक्रोबस फसेका छन् । सोमबार रोशी गाउँपालिका–९ अन्तर्गत लास्कोट र चार सय बेशी क्षेत्रको बीच भागमा पर्ने नदीको दुई धारबीच ती सवारी साधन अड्किएका हुन् ।

माइक्रोबसमा सवार यात्रुहरू खोलाको बीचमै अलपत्र परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए। उनका अनुसार घटनाबारे खबर प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको छ ।

डीएसपी विष्टसहितको प्रहरी टोलीले हाल यात्रुको उद्धारका लागि प्रयास तीव्र बनाएको छ। खोलाको बहाव उच्च रहेकाले उद्धार कार्यमा चुनौती थपिएको जनाइएको छ।

स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा यात्रुलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

अहिले जिप्रका काभ्रेबाट २५ जना प्रहरी, २५ जना सशस्त्र प्रहरी र नेपाली सेनाको सेनानीको कमाण्डमा १८ जनाको टोली उद्धार सामग्रीसहित खटिएको छ । ६०–६५ जना यात्रु तथा सवारी साधन हालसम्म सुरक्षित रहेकाको बताइएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  १० : १३ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै