निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो « Khabarhub

निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकाले वडा नं ७ भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण तथा कटान रोकथामका लागि प्राकृतिक तटबन्धको रूपमा चार हजार बाँसका बिरुवा रोपेको छ ।

परम्परागत रूपमा गरिने ढुङ्गा र जालीको महँगो तटबन्धको विकल्पका रूपमा बाँसका बिरुवा रोपेको मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।

मेचीनगर नगरपालिका–७ स्थित पूर्वी निन्दा करिडोरबाट करिब पाँच किलोमिटर दक्षिणसम्म नदी किनारमा बाँसका बिरुवा रोपिएका हुन् । 

‘बाँसका बिरुवा बाढी नियन्त्रणका निम्ति उपयोगी हुन्छन्’, उनले भने, ‘बाँसलाई सही तरिकाले हुर्काउन सकियो भने यसले बाढी र भूक्षय नियन्त्रण हुन्छ ।’

नगरपालिकाले चालु आर्थिक वर्षभित्रै मेचीनगर वडा नं. ७ र १५ का नदी तटीय क्षेत्रमा आठ हजार बाँसका बिरुवा रोप्ने योजना तर्जुमा गरेको छ ।

नदी कटान तथा भूक्षय रोक्न र वातावरण सन्तुलनका निम्ति राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको सहयोगमा ‘बङ्गलादेशी काँडे बाँस’ प्रजातिका बिरुवा रोपिएका हुन् ।

झापामा नदी नियन्त्रणका लागि बाँसमा आधारित जैविक तटबन्धको प्रयोग यसअघि कनकाई नगरपालिकामा गरिएको थियो । जिल्लाका अन्य नदी किनारमा पनि बाँस तथा भेटिभर (एक प्रकारको जरा फैलिने घाँस) प्रयोग गरेर कटान रोक्ने प्रयास हुँदै आएको छ ।

कनकाई नदीको तटीय क्षेत्रअन्तर्गत शिवसताक्षी र झापा गाउँपालिका क्षेत्रमा विगतमा बाँस र भेटिभर रोपेर जैविक तटबन्ध निर्माण गरिएको थियो । यसले नदीको धार परिवर्तन हुनबाट जोगाएको  छ ।

यसैगरी, मेचीनगरको हँडिया र भद्रपुर नगरपालिका क्षेत्रमा पर्ने नदी किनारमा पनि स्थानीय उपभोक्ता समिति र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा बाँसका बिरुवा रोपिएका थिए। यसले पनि भूक्षय नियन्त्रण गरेको छ । 

मावा र रतुवा नदी आसपासका क्षेत्रमा दमक नगरपालिका र कमल गाउँपालिकाले पनि चुरे क्षेत्रबाट आउने भेल नियन्त्रणका लागि बाँस र अम्रिसो रोपणलाई प्राथमिकता दिएका छन् ।

बाँसका जराले माटोलाई मजबुत रूपमा समात्ने भएकाले तीव्र बहावले समेत कटान गर्न नसक्ने विशेषज्ञहरूको भनाइ छ । ढुङ्गा–जालीको तटबन्धको तुलनामा बाँसको तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री हुने मानिन्छ । रासस
 

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ११ : ३७ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको