गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु « Khabarhub

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चितवन– रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु भएको छ । 

बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो । 

बागमती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिए । 

महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताए । 

रङ्गशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गर्दै छ । ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ । 

विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गते काम सक्ने गरी कूल ७५ करोड ५० लाख ९१ हजार १८९ मा सम्झौता भएको थियो । 

धुर्मस–सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  १ : २९ बजे

कार्यसूचीमै प्रवेश नगरी सभामुखले स्थगित गरे प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिपक्षले निरन्तर अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ

बजेटमा माग सम्बोधन नभएको भन्दै अनुदान शिक्षकको प्रदर्शन 

काठमाडौं– पेशागत निरन्तरता र स्थायित्व सहित समानताको हक सुनिश्चितताको माग

विपक्षी सांसदले आफैं समय तोकेर मौनधारण गरेपछि…

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको बैठकमा आफैँ समय तोकेर

मानवअधिकार आयोगको प्रतिवेदन लत्याउँदै सुधनलाई फेरि गृहमन्त्रालयको चाबी

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनबारे

प्रतिनिधिसभामा आज पनि विपक्षीको विरोध जारी

काठमाडौं–  प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठक सुरु हुनेवित्तिकै विपक्षी