चुनावमा अन्तर्घात : बारा जिल्ला सभापति राजेश राय कांग्रेसबाट निलम्बन « Khabarhub

चुनावमा अन्तर्घात : बारा जिल्ला सभापति राजेश राय कांग्रेसबाट निलम्बन


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघनसम्बन्धी विभिन्न उजुरीमाथि निर्णय गर्दै बारा जिल्ला कार्यसमिति सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ ।

समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बसेको बैठकले यादवले तोकिएको समयभित्र स्पष्टीकरण नदिएको र थप अनुसन्धान आवश्यक देखिएको भन्दै अन्तिम निर्णय नआएसम्मलाई सभापति पदमा काम गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

समितिका अनुसार यादवमाथि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा उजुरी परेको थियो । उनलाई दुई पटक स्पष्टीकरण माग गरिए पनि जवाफ नआएपछि विधान अनुसार निलम्बन गरिएको जनाइएको छ ।

यसैगरी अनुशासन समिति समितिले सर्लाही जिल्लाका तीन प्रदेश सभा सदस्यहरू सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई स्पष्टीकरणपछि पार्टीको विधान र नियमावलीप्रति पूर्ण प्रतिबद्ध रहन निर्देशन दिएको सचिव दिनेश थापामगरले बताएका छन् ।

समितिले बारा जिल्ला उपसभापति अमिरीलाल राउत (पाल) विरुद्धको उजुरीमा थप कारबाही नहुने निर्णय गरेको छ ।

अनुसन्धान र कागजात अध्ययनपछि उहाँको स्पष्टिकरण सन्तोषजनक देखिएको भन्दै आरोपबाट सफाइ दिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ५ : ३८ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने