रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार « Khabarhub

रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिमबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका-१४ की सुशीला रोकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो । 

रोकाले आज जिल्ला अस्पताल सल्लेमा जुम्ल्याहा शिशुलाई जन्म दिएका हुन् । सुत्केरी आमा तथा जुम्ल्याहा नवजात शिशुको स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

चिकित्सकको सिफारिसअनुसार रोकालाई प्रादेशिक अस्पताल, वीरेन्द्रनगर सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिए। 

उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयको समन्वय तथा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सल्ले विमानस्थलबाट हेलिकप्टरमार्फत सुत्केरी आमा र जुम्ल्याहा शिशुलाई सुर्खेत लगिएको छ। समयमा हवाई उद्धारको व्यवस्था भएपछि आमा र शिशुको थप उपचार सहज भएको परिवारले  जनाएको छ ।
 

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ७ : ०२ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा