टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश « Khabarhub

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश टेकनाथ गौतमको इजलासले आज अधिकारीलाई पुर्पक्षका लगि थुनामा पठाउने आदेश गरेको हो ।

आदेशमा भनिएको छ, ‘थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादीलाई हुनसक्ने सजाय समेतलाई दृष्टिगत गर्दा निज प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१) बमोजिम थुनामा राख्न ऐ. दफा ८० बमोजिम थुनुवा पुर्जी दिइ सम्बन्धित कारागार कार्यालयमा थुनामा राख्न पठाइदिनु’ अदालतले बयानमा उल्लेख गरेको अवस्था, बैंक खाता, सुनको विवरण हेर्दा तत्काल प्राप्त प्रमाणका आधारमा अधिकारी कसुरदार होइन भन्न मिल्ने अवस्था नभएको उल्लेख गरेको छ ।

एक व्यवसायीलाई टिकटकर अधिकारीले ‘हनिट्रयाप’मा पारेर रु करोडौँ असुल गरेको आरोप लागेको छ । अधिकारीलाई सोही आरोपमा आपराधिक लाभ, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको हो । टिकटरमा अधिकारीलाई नेपाल प्रहरीले ‘इन्टरपोटल’को सहयोगमा थाइल्यान्डमा पक्राउ गरेर ल्याएको थियो ।

नवलपरासी पश्चिम घर भई हाल ललितपुरको भैँसेपाटी बस्दै आएकी अधिकारीविरुद्ध यी तीन कसुरमा गत चैत मुद्दा दर्ता भएको थियो । अधिकारीले एक व्यवसायीबाट रु छ करोड ५२ लाख २९ हजार ७५ लिएको अभियोग लगाइएको छ । इन्टरपोलबाट २०८२ चैत ३ गते रेड नोटिस जारी गराएको थियो । तुल्सीविरुद्ध ती व्यवसायीले प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिनुभएको थियो । अदालतमा तुल्सीसहित नौ जना र एउटा पसललाई प्रतिवादी बनाइएको छ ।

तुलसा कलेक्सन, भारतका मुकेशकुमार धानुका, पोखराकी नेलिका लामिछाने, तेह्रथुमकी दिलुकुमारी लिम्बू, पाल्पाका प्रयास पोखरेल, सल्यानकी सपना वली, नवलपरासीकी गङ्गा अधिकारी सुवेदी, पाल्पाका मेघनाथ बस्याल र सिरहाका अशोककुमार अग्रवाल रहेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ८ : ५३ बजे

प्रधानमन्त्री बालेन्द्र केही मन्त्री हटाउने जोडघटाउमा लागेका हुन् ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले पर्फर्मेन्स नपुगेका केही मन्त्रीहरू हेरफेरको सन्दर्भमा

विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै !

हङकङ- स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि

विश्वकप उपाधि भिडन्तमा ‘१९’ को अनौठो संयोग : पहिलो पटक आमनेसामने हुँदै मेस्सी र यामाल

काठमाडौं- लियोनेल मेस्सी र लामिन यामाललाई एउटा संख्याले अचम्मसँग जोडेको

इरानी आक्रमणमा दुई सैनिक मारिएपछि अमेरिका आक्रोशित, बदला लिएको दाबी

अम्मान- जोर्डनस्थित मुवाफ्फक सल्ती एयरबेसमा गएराति भएको मिसाइल आक्रमणमा दुई

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज