तिब्बती समुदायद्वारा चीनको जातीय एकता कानुनविरुद्ध स्विट्जरल्याण्डमा प्रदर्शन « Khabarhub

तिब्बती समुदायद्वारा चीनको जातीय एकता कानुनविरुद्ध स्विट्जरल्याण्डमा प्रदर्शन


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्विट्जरल्याण्ड र लिक्टेन्स्टाइनका तिब्बती समुदायको अगुवाइमा ज्युरिचको वेर्डमुहलेप्लाट्जदेखि चिनियाँ महावाणिज्य दूतावाससम्म प्रदर्शन गरिएको छ । युरोपस्थित तिब्बती युवा संघ, स्विट्जरल्याण्ड-तिब्बत मैत्री संघ, विश्व उइघुर कांग्रेस, स्विस तिब्बती महिला संघ र द चर्च अफ अलमाइटी गड्सको संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरूले चीनले हालै ल्याएको जातीय एकता कानुनको विरोध गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष माग गरेका छन् । उक्त कार्यक्रममा मध्य तथा पूर्वी युरोपका लागि दलाई लामाका प्रतिनिधि थिनले छुक्की र रिकोन गुम्बाका खेन्पो तेन्जिन जाङछुपले मन्तव्य राखेका थिए ।

यसैगरी, स्विट्जरल्याण्ड-तिब्बत मैत्री संघका अध्यक्ष थोमस बुचलीले तिब्बतका लागि स्विस संसदीय समूहद्वारा जारी वक्तव्य पढेर सुनाएका थिए भने युरोपस्थित तिब्बती युवा संघकी प्रवक्ता पेमा ढाक्येलले नयाँ जातीय कानुनका विरुद्ध आयोजकहरूको संयुक्त प्रेस विज्ञप्ति वाचन गरेकी थिइन् ।

कार्यक्रममा विश्व उइघुर कांग्रेस, स्विस तिब्बती महिला संघ र द चर्च अफ अलमाइटी गड्सका प्रतिनिधिहरूले पनि चीनको नयाँ जातीय एकता कानुनप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनीहरूले यो कानुन तिब्बती, उइघुर र अन्य अल्पसंख्यक समुदायको सांस्कृतिक, भाषिक एवं धार्मिक पहिचान नामेट पार्ने खालको रहेको भन्दै यसको कडा आलोचना गरे ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ३ : ३२ बजे

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

टोकियो- पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे