मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो « Khabarhub

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो सूचना


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु औद्योगिक क्षेत्र व्यवस्थापनले सम्झौता विपरीत सञ्चालित उद्योगमाथि कारबाही प्रक्रिया तीव्र पारेको छ ।

यसैक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शाखा कार्यालय बालाजुले सम्झौताका सर्त उल्लङ्घन गरेको भन्दै कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रा.लि. लाई छलफलका लागि सात दिने अल्टिमेटमसहित पत्राचार गरेको छ । उद्योगका प्रतिनिधिले पत्र बुझ्न अस्वीकार गरेपछि व्यवस्थापनले बुधबार उद्योगको मुख्य गेटमै पत्र टाँसेको छ ।

कार्यालयका अनुसार उक्त कम्पनीलाई सवारी साधन मर्मत तथा सर्भिसिङसम्बन्धी उद्योग सञ्चालन गर्ने सर्तमा जग्गा उपलब्ध गराइएको थियो । कम्पनीको दर्ता प्रमाणपत्रमा पनि सोही उद्देश्य उल्लेख भए पनि सम्झौता र उद्देश्य विपरीतका गतिविधि सञ्चालन भइरहेको पाइएको प्रहरी र व्यवस्थापनको ठहर छ ।

यसअघि पनि सम्झौताअनुसार काम गर्न पटक-पटक मौखिक तथा लिखित निर्देशन दिइएको र तोकिएको समयमा सुधार नभएपछि कार्यालयले उद्योगमा उपलब्ध गराइँदै आएको विद्युत् तथा खानेपानी सेवासमेत विच्छेद गरिसकेको छ । अत्यावसेक सेवासमेत विच्छेद भएपछि उद्योगको उत्पादन ठप्प भएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार सम्झौतामा कुनै विवाद उत्पन्न भए आपसी छलफलबाट समाधान गर्ने व्यवस्था रहेकाले कम्पनीलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन अन्तिम अवसर दिइएको छ । तोकिएको समयभित्र सम्झौताअनुसार सञ्चालन नभए सम्झौता रद्द गर्ने चेतावनी दिइएको छ । मन्त्रीको निर्देशनपछि औद्योगिक क्षेत्रभित्रका जग्गा र पूर्वाधारको दुरुपयोग रोक्न व्यवस्थापन थप कडा रूपमा प्रस्तुत हुन थालेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ११ : ०० बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले