कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड « Khabarhub

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र लागतअनुसार  प्रतिफल पाउने अवस्था बनाउनु प्रदेश सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले  निर्माण गरेको बीउ प्रशोधन तथा भण्डारण गृहको आज उद्घाटन गर्दै उनले कृषि उद्यमशीलता प्रवर्द्धनका लागि प्रदेश सरकारले नीतिगत सुधारसँगै किसान र कृषि उद्यमीलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिमका अधिकांश नागरिकको जीविकोपार्जनको आधार कृषि भए पनि निर्वाहमुखी खेती प्रणालीका कारण अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताए । 

उनले उत्पादनसँगै प्रशोधन, भण्डारण र बजारीकरणको सुदृढ व्यवस्थाबाट मात्रै कृषिलाई सम्मानजनक र आम्दानीमुखी पेसाका रूपमा विकास गर्न सकिने धारणा राखे ।

प्रदेश सरकारको लागत साझेदारीमा निर्माण गरिएको बीउ प्रशोधन तथा भण्डारण गृहका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले मेसिन उपकरणमा रु १७ लाख १५ हजार र भवन निर्माण रु २५ लाख अनुदान उपलब्ध भएको छ ।

कुल एक करोड ४२ लाख रुपैयाँको परियोजनामा अन्य रकम सहकारी संस्थाले आफ्नो स्रोतबाट लगानी गरेको महाप्रबन्धक डम्बरबहादुर शाहले जानकारी दिए । 

नवनिर्मित भण्डारण गृह सञ्चालनमा आएपछि स्थानीय किसानले उत्पादन गरेका बीउको प्रशोधन, गुणस्तर संरक्षण र सुरक्षित भण्डारणमा सहजता हुने अपेक्षा गरिएको छ । 

बीउको गुणस्तर कायम राख्दै बजार व्यवस्थापनमा सहयोग पुग्ने र किसानको आम्दानी वृद्धि गर्नसमेत टेवा पुग्ने विश्वास गरिएको महाप्रबन्धक शाहले बताए । 

भण्डारण गृहमा धान, मकै, तोरीलगायत बालीको बीउ संरक्षण गरी किसानको उत्पादन वृद्धिमा प्रयोग गर्ने लक्ष्य छ । हाल लम्किचुहा, बर्दगोरिया, जानकी, भजनीलगायत यहाँका स्थानीय तहमा १५० जना किसानसँगको समन्वयमा १४० बिघामा धानखेती गरिएको छ । किसानको उत्पादन वृद्धि, मूल्य र बजारको सुनिश्चिततामा योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १ : १५ बजे

लिङ्देन भन्छन् : धार्मिक सहिष्णुता बचाउन नेपाललाई संसारकै एक मात्र हिन्दु राष्ट्र बनाउनुपर्छ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर २६, २७ र

तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो

काठमाडौं– सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत  गरेको छ

मदनकृष्णकोपछि हरिवंशको बायोपिक बनाउँदै मिलन, अरुण शीर्ष भूमिकामा

काठमाडौं – पछिल्लो समय बायोपिक निर्देशनमा केन्द्रित बनेका मिलन चाम्सले

नेपाली उपभोक्तालाई विभन्न ब्रान्डका विद्युतीय उपकरण एकै ठाउँ छान्ने अवसर दिँदै ‘सिजी डिजिटल’

काठमाडौं– सीजी डिजिटलले देशभरका २८ वटा शोरूममार्फत विभिन्न ब्रान्डका विद्युतीय तथा

प्रदेश सांसदहरूलाई राप्रपाको निर्देशन : सरकार निर्माणका कुनै गतिविधि र चलखेलमा सहभागी नहुनू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा आफूहरू