नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड « Khabarhub

नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ  विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका उक्त मुलुकका राजदूत पार्क तेयोङसँग आज आफ्नै कार्यकक्षमा भएको बिदाइ भेटमा उनले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनुपर्ने बताउनुमा जोड दिएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ । 

परराष्ट्रमन्त्री खनालले लगानीका लागि नयाँ-नयाँ क्षेत्र पहिचान गर्न आवश्यक भएको बताउँदै ऊर्जा र उत्पादन क्षेत्रसँगै पारस्परिक सहकार्यका अन्य क्षेत्रमा पनि साझेदारी विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले शिक्षा क्षेत्रमा दुई देशका अनुसन्धान संस्थाबीच सहकार्य अभिवृद्धि गर्नुपर्नेमा पनि जोड दिँदै दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) नेपाल-कोरिया सम्बन्धको  नमूना बनेको  बताए । यसबाट दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनेको परराष्ट्रमन्त्रीको कथन थियो ।

राजदूत पार्कले नेपालमा सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आफू जहाँ रहे पनि नेपाललाई कहिल्यै नबिर्सने बताए । उनले नेपालको सांस्कृतिक विविधताको प्रशंसा गरे । 

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  २ : ३९ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड