पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट « Khabarhub

पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबासले भेट गरेका छन्। 

त्यसअवसरमा उनीहरुबीच नेपाल–इजरायल सम्बन्ध, साझा हित, पर्यटन, कृषि, प्रविधिशिक्षा, रोजगारी प्रवर्द्धनलगायतका विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ । 

उनीहरुबीच दुवै देशबीच पर्यटन तथा सांस्कृतिक आदान–प्रदानलाई विस्तार तथा पोखरा र इजरायलबीच सीधा हवाई उडान सञ्चालन सम्भावनाका विषयमा समेत विचारविमर्श भएको थियो ।

सो अवसरमा महानगर प्रमुख आचार्यले महानगरका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता र क्षमता अभिवृद्धिका लागि इजरायलसँग सहकार्य तथा नयाँ अवसरका लागि आवश्यक समन्वय गर्न राजदूतसँग आग्रह गरे। 

उनले आधुनिक कृषि प्रविधि, सीप विकास, रोजगारी तथा प्राविधिक ज्ञान हस्तान्तरणका क्षेत्रमा दुई देशबीच सहकार्यको सम्भावना औँल्याउँदै प्रमुख आचार्यले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न इजरायलसँग पर्यटन, संस्कृति र हवाई सम्पर्कका क्षेत्रमा मिलेर काम गर्न सकिने धारणा व्यक्त गरे।

त्यस अवसरमा राजदूत एरीबासले इजरायलको आधुनिक कृषि प्रणालीसम्बन्धी ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरायल पुगेका नेपाली युवाले कृषि क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको बताए। उनले इजरायलको प्रविधिमैत्री र आधुनिक कृषि प्रणालीबाट नेपालले लाभ लिन सक्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ४ : ३९ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले