भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. रामपवित्र दाससहित दुईजनालाई घुस लिई भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

कार्यालय प्रमुख दास र हलुका सवारीचालक भोगेन्द्र यादवले भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराएबापतको पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसनबापतको घुस माग गरेको सूचना एवं उजुरीको आधारमा आयोगको टोलीले दुवै जनालाई घुसबापतको एक लाख ३२ हजार ३५० रकमसहित नियन्त्रणमा लिएको थियो ।

कार्यालय प्रमुख दासले सवारी चालक यादवसँगको मिलेमतो तथा योजनामा भुक्तानी रकमको कम्तीमा २० प्रतिशत रकम घुस र रिसवत चाहिने भनी बार्गेनिङ गरी/गराई घुस बुझाउनुपर्ने गरी मोलाहिजा एवं बाध्यतामा पारेर घुसबापतको सो रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । दुवै जनालाई आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले घुससहित नियन्त्रणमा लिएको थियो ।

आयोगले दुवैजनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ९ : २० बजे

एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

जनकपुरधाम– गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरू मध्येबाट 

धादिङको गल्छी–बैरेनी बजारमा क्षति 

काठमाडौं– रसुवामा आएको बाढीले धादिङको गल्छी–बैरेनी बजारमा क्षति पुर्‍याएको छ

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्  । 

रसुवा बाढीमा सम्पर्कविहीन यातायात श्रमिकको खोजी गर्न माग

काठमाडौं- तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, मैलुङ,

बाढीको जोखिमपछि काठमाडौंबाट पश्चिम जाने गाडी होल्ड (तस्बिरहरू)

काठमाडौं– चीन तर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ