हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित « Khabarhub

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई १–० ले पराजित गर्दै प्रिमियर लिगमा लगातार तेस्रो जित हात पारेको छ। जितसँगै सिटीले शीर्ष स्थानमा आफ्नो पकड कायमै राखेको छ ।

टोटेनह्याम हटस्परले भने नटिङ्घम फरेस्टसँग गोलरहित बराबरी खेल्दै सिजनको पहिलो अंक जोडेको छ। टोटेनह्यामले लगातार तेस्रो लिग खेलमा गोल गर्न सकेन ।

यता न्युक्यासल युनाइटेडले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै बोर्नमाउथसँग २–२ को बराबरी खेलेको छ। ज्याकोब राम्सीले खेलको अन्त्यतिर गोल गर्दै न्युक्यासललाई एक अंक दिलाए ।

क्रिस्टल प्यालेसले उत्कृष्ट पुनरागमन गर्दै फुलहमलाई ३–२ ले हरायो । दुईपटक पछि परेको प्यालेसले अन्ततः सिजनको पहिलो जित निकाल्न सफल भयो ।

अन्य खेलमा ब्राइटन र लिड्स युनाइटेडले १–१ तथा ब्रेन्टफोर्ड र सन्डरल्यान्डले पनि १–१ को बराबरी खेले ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  १० : ३९ बजे

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको