दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै « Khabarhub

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ । हाल सडकको ड्रेन निर्माण तथा सबवेस राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

४४ करोड ८७ लाख लागतमा १५ दशमलव ५८ किलोमिटर सडक कालोपत्र हुन लागेको हो । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालित ग्रामीण सम्पर्क सुधार परियोजनाअन्तर्गत उक्त सडक बिजौरी–बसदबारा–जमुनी–लक्ष्मीपुर–दक्षिण कुररिया–कञ्जवार हुँदै कोठरीसम्म निर्माण हुनेछ ।

अब छिट्टै कालोपत्रको काम सुरु हुने निर्माण कम्पनी एमसी–एएनएस बिजी जेभी, काठमाडौँका प्रतिनिधि सिलन बरालले बताए । उनका अनुसार निर्माणकार्यलाई छिटो सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत व्यवसायी तथा निर्माण सामग्री आपूर्तिकर्ता र रेन्टल सेवा प्रदायकसँग सहकार्य गरिएको उनको भनाइ छ ।

उनका अनुसार स्थानीय निर्माण व्यवसायीसँगको समन्वयमा आवश्यक निर्माण उपकरण, सामग्री र जनशक्ति परिचालन गरिएकाले काम सहज भएको हो । अस्फाल्ट प्रविधिबाट उक्त सडक कालोपत्र हुनेछ । त्यसका लागि आवश्यक अस्फाल्ट प्लान्टलगायतका उपकरण जडान भइसकेका छन् ।

दसैँअघि बेस तथा सवबेसको काम सम्पन्न लक्ष्य राखिएको उनले बताए । सडक निर्माणमा गुणस्तरलाई समेत ध्यानमा राखिएको प्रतिनिधि बरालले बताए । आगामी चैतभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ५ : ३१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको