कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै « Khabarhub

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

उम्मेदवारी दर्ताको समय दिउँसो १ देखि साँझ ६ बजेसम्म


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन व्यवस्थापनले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान सवा ९ बजेदेखि खुलामञ्चस्थित तीनवटा हलमा बन्दसत्र सुरु हुनेछ ।

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस गरिनुका साथै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइनेछ। सभापति गगन थापाले राजनीतिक प्रतिवेदन र महामन्त्रीले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नेछन्

बन्दसत्रमा करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीहरुलाई भूगोलका आधारमा तीन समूह (हिमाल, पहाड र तराई–मधेश) मा विभाजन गरी प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने कार्यक्रम छ ।

आजैबाट केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम पनि सुरु हुने भएको छ । विभिन्न पदका आकाङ्क्षीहरूका लागि दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दरखास्त दर्ताको समय तोकिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ । ५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोधको समय तोकिएको छ । यस्तै, राति साढे ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यसैगरी, मंगलबार (असोज २० गते) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुनेछ । अपराह्न साढे ४ बजे अन्तिम नामावली प्रकाशन, साढे ४ देखि साँझ साढे ५ बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ७ : १६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको