काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति भएको समूह डी अन्तर्गत चौथो चरणको खेलमा पोर्चुगलले नर्वेमाथि २–१ गोलको जित निकालेको हो ।
पोर्चुगलका लागि जोआओ कान्सेलो र गोन्सालो रामोसले एक–एक गोल गरेका थिए । नर्वेका क्रिस्टोफर अएरले एक गोल गरेका थिए ।
खेलको ३६औँ मिनेटमा नर्वेका अएरले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए थिए । ३८औँ मिनेटमा पोर्चुगलका कान्सेलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ७९औँ मिनेट रामोसले गरेको गोल सँगै पोर्चुगल २–१ गोलले विजयी भयो ।
यो जितसँगै समूह डी मा चार खेलबाट १२ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा रहेको छ । पराजित भएको नर्वे समान खेलबाट ३ अंकका साथ समूहको अन्तिममा छ ।














प्रतिक्रिया