परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा « Khabarhub

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजी पुगेका छन् ।

‘फिजी’ र ‘टुभालु’मा यही असोज १९ र २० गते हुने कार्यक्रममा सहभागी हुनेक्रममा  मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज फिजी भएको मन्त्रालयले जनाएको छ । 

मन्त्री खनालले २० गतदेखि आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी) मा सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सत्रअघि उनले ‘पलाउ’का राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसमेतको उपस्थितिमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने प्रि–कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तरराष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

फिजी र टुभालुमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाएपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्ने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । 

उनले असोज २२ गते अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।  

अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा रहेका नेपाली डायस्पोराद्वारा छुट्टाछुट्टै आयोजना हुने कार्यक्रममा पनि सहभागिता जनाउनेछन् । 

ती कार्यक्रममार्फत उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्छन् । मन्त्री खनाल यही असोज २६ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 
 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : ०२ बजे

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी

कोहलपुर नगर अस्पतालमा आजदेखि ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा

नेपालगञ्ज – कुकुर तथा अन्य जनावरको टोकाइबाट हुने रेबिजको जोखिम

बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय