बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा « Khabarhub

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयनका लागि आज मतदान हुँदैछ । विभिन्न विवादका कारण यस क्षेत्रमा यसअघि प्रतिनिधि चयन हुन सकेको थिएन ।

क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि नेपाली कांग्रेसका नेता किशोरसिंह राठोरसहितका नेताहरू प्रतिस्पर्धामा छन् । राठोरले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सभापति पदका अर्का आकांक्षी गगन थापासँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका राठोर भने आफ्नै क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेकाले अहिले मतदान प्रक्रियामा सहभागी हुँदैछन् ।

राठोरका अनुसार बर्दिया–२ मा आज महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन हुँदैछ । प्रतिनिधिका लागि राठोरसँगै गोपाल दहितलगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

कांग्रेसको महाधिवेशनमा केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि उम्मेदवारी दिन सम्बन्धित तहबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएको हुनुपर्ने व्यवस्था छ । तर बर्दिया–२ मा प्रतिनिधि चयन प्रक्रिया ढिलो हुँदा सभापतिका आकांक्षी राठोरसमेत आफ्नै निर्वाचन क्षेत्रको प्रक्रियामै अल्झिएका हुन् ।

विभिन्न विवादका कारण बर्दिया–२ मा यसअघि महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन हुन सकेको थिएन । प्रतिनिधि चयनपछि मात्रै राठोरलाई सभापति पदमा उम्मेदवारी दिने बाटो खुल्नेछ ।

राठोर नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री हुन् भने नेपाल विद्यार्थी संगठनका पूर्व अध्यक्ष हुन्।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : २१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको