काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयनका लागि आज मतदान हुँदैछ । विभिन्न विवादका कारण यस क्षेत्रमा यसअघि प्रतिनिधि चयन हुन सकेको थिएन ।
क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि नेपाली कांग्रेसका नेता किशोरसिंह राठोरसहितका नेताहरू प्रतिस्पर्धामा छन् । राठोरले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सभापति पदका अर्का आकांक्षी गगन थापासँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका राठोर भने आफ्नै क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेकाले अहिले मतदान प्रक्रियामा सहभागी हुँदैछन् ।
राठोरका अनुसार बर्दिया–२ मा आज महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन हुँदैछ । प्रतिनिधिका लागि राठोरसँगै गोपाल दहितलगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् ।
कांग्रेसको महाधिवेशनमा केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि उम्मेदवारी दिन सम्बन्धित तहबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएको हुनुपर्ने व्यवस्था छ । तर बर्दिया–२ मा प्रतिनिधि चयन प्रक्रिया ढिलो हुँदा सभापतिका आकांक्षी राठोरसमेत आफ्नै निर्वाचन क्षेत्रको प्रक्रियामै अल्झिएका हुन् ।
विभिन्न विवादका कारण बर्दिया–२ मा यसअघि महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन हुन सकेको थिएन । प्रतिनिधि चयनपछि मात्रै राठोरलाई सभापति पदमा उम्मेदवारी दिने बाटो खुल्नेछ ।
राठोर नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री हुन् भने नेपाल विद्यार्थी संगठनका पूर्व अध्यक्ष हुन्।














प्रतिक्रिया