नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने « Khabarhub

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने भएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार ३० करोड थान २ रुपैयाँ दरका सिक्का उत्पादन तथा आपूर्तिको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको हो ।

प्रकाशित सूचना अनुसार खरिद सम्झौता कागजातको आईटीबी दफा ४.१ बमोजिम सूचीकृत भएका पूर्व(योग्य बोलपत्रदाताहरू मात्र सहभागी हुन पाउनेछन् । 

यो बोलपत्र एकल चरणको दुई खाम प्रणाली  अन्तर्गत सञ्चालन हुने र जसअन्तर्गत प्राविधिक प्रस्ताव र मूल्य प्रस्तावलाई छुट्टाछुट्टै सिलबन्दी खाममा राखी दुवैलाई एउटै बाहिरी सिलबन्दी खामभित्र राखी पेस गर्नुपर्नेछ जनाइएको छ ।

बोलपत्रसम्बन्धी कागजातहरू नोभेम्बर ३ भित्र कार्यालय समयमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली, काठमाडौं वा टक्सार प्रभाग, बबरमहलबाट खरिद गर्न सकिनेछ । खरिद प्रक्रियामा लाग्ने शुल्क र जमानत पनि राष्ट्र बैंकले निर्धारण पनि निर्धारण गरेको छ ।

तर, सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेका फर्म, संस्था वा तिनका सञ्चालक तथा लगानीकर्ताहरू यस बोलपत्रमा सहभागी हुन योग्य हुने छैनन् ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  २ : ०२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२