इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च « Khabarhub

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका पाँच हजारभन्दा बढी समर्थकले आइतबार खैबर पख्तुनख्वाबाट राजधानी इस्लामावादतर्फ मार्च सुरु गरेका छन्।

सरकार र खान नेतृत्वको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीबीच मार्च स्थगित गर्ने विषयमा भएको वार्ता निष्कर्षविहीन भएपछि समर्थकहरू राजधानीतर्फ अघि बढेका हुन्।

खान भ्रष्टाचारलगायतका अभियोगमा सन् २०२३ देखि जेलमा छन् । उनी र उनको पार्टीले आफूविरुद्धका अभियोग राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै आएका छन्। कारागारमा रहे पनि खानले ठूलो जनसमर्थन कायम राखेका छन् ।

पिटिआई समर्थकहरू ट्रक, बस र कारमा लक्की मारवत जिल्लाबाट राजधानीतर्फ अघि बढेका छन्। मार्चको नेतृत्व खैबर पख्तुनख्वाका मुख्यमन्त्री तथा खानका समर्थक सोहेल अफ्रिदीले गरेका छन् ।

प्रदर्शनकारीलाई इस्लामावाद प्रवेश गर्न नदिन अधिकारीहरूले मुख्य मार्ग तथा सहरभित्र कन्टेनर राखेर सडक अवरुद्ध गरेका छन्।

पिटिआई अध्यक्ष गौहर खानले सरकारसँग दुई चरणको वार्ता भए पनि त्यसपछि छलफल अघि बढ्न नसकेको बताए। गृहमन्त्री मोहसिन नकवीले भने वार्ता असफल हुनुमा मुख्यमन्त्री अफ्रिदीलाई जिम्मेवार ठहर गर्दै मार्चका क्रममा मानवीय क्षति भए त्यसको जिम्मेवारी उनले लिनुपर्ने चेतावनी दिएका छन् ।

सरकारले उत्तरपश्चिमी क्षेत्रमा पाकिस्तानी तालिबानका आतङ्कवादी आक्रमण बढिरहेका कारण मार्च स्थगित गर्न आग्रह गरेको छ। प्रदर्शनकारीले खानको रिहाइसँगै उनलाई अस्पतालमा स्थानान्तरण गर्न र परिवारसँग भेटघाट गर्न दिनुपर्ने माग गरेका छन्। अधिकारीहरूले भने खानको स्वास्थ्य अवस्था राम्रो रहेको र उनलाई नियमित रूपमा परिवारसँग भेट्न दिइरहेको बताएका छन्।

खानलाई अप्रिल २०२२ मा संसदीय अविश्वास प्रस्तावमार्फत प्रधानमन्त्री पदबाट हटाइएको थियो। फेब्रुअरी २०२४ मा भएको निर्वाचनपछि शाहबाज सरिफ पुनः प्रधानमन्त्री बनेका हुन् । उक्त निर्वाचनमा धाँधली भएको खानको पार्टीले आरोप लगाउँदै आए पनि सरकारले त्यसलाई अस्वीकार गर्दै आएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  २ : २० बजे

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक

हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो

भोजपुर– हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो

फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

काठमाडौँ- नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत