काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद गरि पेस्तोलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
आज करिब १ बजेमा जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको बीआर३०वाई २८५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा कबिलासी –०३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ठाकुरको साथबाट सिक्सर पेस्तोल एक थान फेला परेकोले बरामद गरी पेस्तोलसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया