पर्यटन क्षेत्रको जलवायुजन्य जोखिम न्यूनीकरण गर्न सरकारी सहयोग आवश्यक : मन्त्री पौडेल « Khabarhub

पर्यटन क्षेत्रको जलवायुजन्य जोखिम न्यूनीकरण गर्न सरकारी सहयोग आवश्यक : मन्त्री पौडेल


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ  – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् ।

बेलायतको लन्डनमा बुधबार आयोजित विश्व यात्रा तथा पर्यटन परिषद् (डब्लुटीटीसी) र संयुक्त राष्ट्रसङ्घीय पर्यटनको २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले दिगो र उत्थानशील पर्यटन विकासका लागि स्थानीय समुदायको सशक्तीकरणमा जोड दिएका हुन् ।

मन्त्री पौडेलले भोटेकोशी बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउन सक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।

जलवायु परिवर्तनका असरले पर्यटकीय गन्तव्य, पर्यटन पूर्वाधार र स्थानीय समुदायको जीविकोपार्जनमा समेत चुनौती थपिरहेको उनको भनाइ थियो ।

पर्यटन क्षेत्रलाई विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न समुदाय, सरकार र सक्षम संस्थाहरूको सहभागितामा प्रभावकारी सङ्कट व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए ।

समुदायलाई विपद् व्यवस्थापन र पर्यटन विकासको केन्द्रमा राख्दै सरकारी सहयोग तथा संस्थागत क्षमता अभिवृद्धि गर्न सके मात्रै पर्यटन क्षेत्रलाई दिगो र उत्थानशील बनाउन सकिने उनले बताए ।

‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।

सम्मेलनमा सहभागी मन्त्री तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका प्रतिनिधिहरूले विश्वव्यापी अनिश्चितता र बदलिँदो परिस्थितिका बीच पर्यटन क्षेत्रको जोखिम सामना गर्ने क्षमता अभिवृद्धि, सार्वजनिक–निजी क्षेत्रबीचको सहकार्य र दिगो पर्यटन विकासका विषयमा अनुभव तथा धारणा आदानप्रदान गरेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १ : ४९ बजे

शान्ति-सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका

‘न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिनेबारे सबैको सुझावबाट निष्कर्षमा पुगिन्छ’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायाधीशलाई नै

रुकुम पश्चिममा बालविवाह अन्त्य गर्न मन्त्री बादीको निर्देशन

रुकुम पश्चिम- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालस्थित अमेरिकी राजदूतावासकी कार्यवाहक

मध्यावधि निर्वाचनमा हारपछि अमेरिकामा २०२८ को राष्ट्रपतीय दौडको चर्चा तीव्र

एजेन्सी– अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी मध्यावधि निर्वाचनमा पराजित