काठमाडौं– संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध शुक्रबार र शनिबार संसदीय सुनुवाइ गर्ने भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशबिरुद्ध संसदीय सुनुवाइका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो ।
जस अनुसार शुक्रबार उजुरीकर्तासंग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिने समितिले जनाएको छ । त्यस्तै शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाइ हुने समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।
उनले डा. रत्नबहादुर बागचन्दको विरुद्धमा ५ वटा उजुरी, चन्द्रबहादुर सारूको विरुद्धमा ६ वटा उजुरी, जनक पाण्डेको विरुद्धमा १० वटा र गोकर्ण डाँगीको विरुद्धमा ७ वटा उजुरीहरू परेको बताए । जसमा ५ जनाले सबै विरुद्ध उजुरी दिएको उनले जानकारी दिए ।
बैठकमा प्रस्तावित न्यायाधीशबिरुद्ध परेका उजुरीहरू अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको थियो । असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।














प्रतिक्रिया